Monday, May 23, 2011

गजल

प्रतिकृया:- 
सकारात्मक परम्परा मनभरि साचेकी छु।
बिछोडको चोट भूली सिर्जनमा हाँसेकी छु ।

राष्टियता राष्ट्र भूमि सधैं प्यारो मेरो निम्ति,
जहाँ छु म मातृभूमि सम्झिएर बाचेकी छु ।

घुम्टो ओडी चौबन्दी र रातो सारी नलाए नि,
छरिता यी पहिरनमा मेड्ल बोकी नाचेको छु ।

खुट्टा ढोगी प्रतिक्षामा तिम्रो बाटो नकुरे नि,
जिम्मेवारी बहन गर्न आफैँलाई भाँचेको छु।

भन्दै छौ रे कर्तब्य र संस्कारलाई पछ्याइन,
तिम्रो हाल चाल पनि राम्रैसँग जाँचेको छु ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼