
बिहानीको किरणबन्दै आकाशभरि खुल्नु तिमी
काँडैकाँडा बीचमा 'नि सुन्दर फूल फुल्नु तिमी ।
ठूलालाई मान गर्दै मीठो बोल्नु सबैसँग,
ज्ञानी बन्दै समाजमा सबैसँगै घुल्नु तिमी ।
यस्तो मान्छे बन सानु नमुना होस् संसारलाई,
सफलताको शिखर चुम्दै रिस राग भुल्नु तिमी ।
विश्वास र साहासहरु सहयात्री बनुन् सँधै,
उमङ्ग र उत्साहका हाँसो लिई डुल्नु तिमी ।
प्यारो छोरा आज तिम्रो जन्मदिन समय र परिस्थितिले आज तिमीबाट धेरै टाढा छु । तर पनि हरेक पल हरेक क्षण तिमी यो दिलमा नै धड्किरहेको हुन्छौ । तिम्रो मायालाई मुटु भित्रको ढुक्दुकिमा सजाउदै यी प्रवासका उच्छ्वाशहरुमा दिनहरु बिताइ रहेको छु । तिमीलाई आफ्नै काखमा राखेर तिम्रो खुशिमा खुशि हुन नसके पनि प्रबिधीले संसारलाई नै सानो बनाएको छ यहि प्रबिधीको सहायताले तिमीलाई मनभरीको असिम माया ममता,शुभआशिर्बाद, उन्नती प्रगती सुस्वास्थ्य दिर्घायू उत्तोरोत्तर प्रगतीको कामना गर्दै जन्मदिनको लाखौं लाख शुभकामना भन्न चाहन्छु.।
उडिरहनु बादल सरि
ReplyDeleteक्षितिज पारीको गाउमा पनि
जीवन संघर्षशिल छ
संघर्ष गर्न नछाड्नु है
गरिबीले हात फैलाएपनी
प्रतेकपल कामना गर्छु ......
सधै सधै सफलताले चुमोस
चालेका हरेक पाइलामा पनि
Kumar Basnet
Amarpur-Two(2)
Panchthar Mechi Nepal.....