बिछोड्का आँशुहरू अन्जुलिमा भरिरँहे
रातभरि छट्पटिदै बिहानीलाई कुरिरहे ।
दु:ख सहेँ परदेशमा तिम्रो खुशी बढोस् भन्दै
तिम्रा सबै खुशीहरु शिखरमा चढोस् भन्दै
झुल्के घामले आशाका किरणहरु छरिरहेँ
तिर्खाभरि आँशु पिउँदै बिहानीलाई कुरिरहेँ ।
तँप्किएका आँशुसगै आँफै पराई हुन थाले
सम्झनाका तरेलीमा एक्लै एक्लै रुन थाले
यो जुनिमा सधैंभरि दुखी जंघार तरिरहेँ
भोलि सुख मिल्ला भनी आशाहरु भरिरहेँ ।
हास्छ्यौ जती जती उति छाती दुख्छ किन
ReplyDeleteजुधाउदा आखा चिसो आखा सुक्छ किन
कुन साइतमा खै के साइनो लगाए मैले
जवनीको ब्यथा पनि मुटुभित्रै लुक्छ किन