Wednesday, June 1, 2011

छातिभित्र तिम्रै नाम,,,,,,,,।

छातिभित्र तिम्रै नाम, लेख्न थाले मैले
सपनीमा तिमीलाई नै, देख्न थाले मैले

मेरो माया कुल्चिएर, नजानु है भन्दै
तगारोमा फूल राखी, छेक्न थाले मैले


दिल खोली राखे पछि, जान्न अन्त कतै
तिम्रै मनको छेउ कुना, टेक्न थालें मैले

कता कता दुख्थ्यो पैले, आजै भयो सञ्चो
तिम्रै माया न्यानो मानी, सेक्न थालें मैले

3 comments:

  1. sundar gajal भगवती ji...

    ReplyDelete
  2. अहा ! भगवतीजी अहिले को टेम्प्लेट उज्यालो र निकै राम्रो सुहाएको छ । गज़ल सदा झैं मिठो छदैछ ।

    ReplyDelete
  3. हाइ दिदि ज्यु राम्राे गजल टेम पेल्ट भएना कृपया अर्का हाल्नुस हाेल ल भन्याबाद

    ReplyDelete

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼