Monday, June 20, 2011

गीत

गीत




याद मात्र बाँकी रह्यो, घात हुँदा पियारमा
कस्तो भाग्य लेख्दिएछ नियतिले निधारमा


मलाइ किनार लगाएर थाम्यौ हात पराइको
मुकदर्शक बनी हेरें तिम्रो माया गराईको
जित्न तिम्लाइ नसकेनि खुशि नै छु म हारमा
कस्तो भाग्य लेख्दिएछ नियतिले निधारमा

बाँची राख जुगौँ जुगौँ सबै खुसी संगालेर
जिउँला एक्लै के भयो र चोटैचोट अंगालेर
रानी मौरी उडी गयो , छैन मह यो घारमा
कस्तो भाग्य लेख्दिएछ नियतिले निधारमा



No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼