अनि तिम्रो निरोगी जीवन र सुस्वास्थ्याको कामना
जीवनका असिमित गतिहरु भाग दौडमा नै सिमित छन् ।समयको परिवर्तन संगै जिन्दगीका हरेक खुड्किलाहरुमा भोगाइका बिभिन्न भारीहरू बोकेर उक्लने क्रममा म तिमीबाट धेरै टाढा छु शारिरीक रुपमा तर पनि हरेकपल यो ढुकढुकीमा तिमीनै धड्किरहेकी हुन्छयौ ।तिम्रो मायाका अदृष्य स्पर्शलाइ मनमुटुमा बोकेर परदेशको यी कहाली लाग्दा उच्छवासमा म तिम्रो सुन्दर भविष्यको कल्पनामा अनेकौ वाध्यता बिबशता सहेर लडिरहेछु यी बिभिन्न परिधी र परिस्थितीहरूमा कतिपय मेरा जीवनहरू तिम्रा लागि छोरी ।मेरा लागि मात्र होईन केवल तिम्रा लागि पनि हो म तिमीमा नै समर्पित छु सदैव रहनेछु। आज तिम्रो साथमा रहेर तिम्रा लागि मीठा मीठा परिकार बनाएर आफ्नै हातले खुवाउन असमर्थ भएपनि यी बिभिन्न परिधी वा परिस्थितिमा भौगोलिक दुरीले टाढा रहे पनि आजको प्रबिधीले संसारलाई सानो बानाएको छ यही प्रबिधीको माध्यमबाट मनभरिको असिम माया, ममता सुस्वास्थ्यको कामना गर्नुको साथै तिमीले चालेका हरेक पाईलाले सफलताको शिखर चुम्न सकुन् भन्दै र शैक्षिक मार्गमा सदा सफलता रहोस् भन्ने कामना गर्दै जन्मदिनको लाखौं लाख शुभकामना भन्न चाहन्छु।
गजल
मिर्मिरे बिहानीमा लाँलीसरि खुल तिमी
सुमार्गमा पाइला राख्दै भीरैमा नि फूल तिमी
प्रगतिका पाइलाहरु लम्किरहुँन सँधैसँधै
गन्तब्यमा पुग्नलाइ गाउँवस्ती डुल तिमी
ठुलालाइ आदर गर्दै सद्भावले मिठो बोल
ज्ञानी बन्दै समाजमा सबैसँगै घुल तिमी
संघर्ष हो जिन्दगानी अघि बढ सहासले
जाँगरले शिखर टेकी अतीतलाइ भुल तिमी
झुलिरहोस् जिन्दगीमा ,ऋतुहरु बहार बनी
सुगन्धिला बगैचामा रमाएर झुल तिमी
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼