दुर्गम वृतमा कविहरु
१२-०७-२०११_बलदेव भट्ट "बिहानी"
धुपको साम्राज्यमा फूलहरु रोएको कुरा लेख
मानांकमुद्रा मा इतिहासको शिरफूल लाइ ढलोटको तन्ना ओढाउ,
वर्णबिकार बोकेर यसपालिको जेठ हामि बीच आउदैछ
फूलहरु लाइ बर्तुलाकार गोरेटोमा बर्सौटे जवानीको हौसला देउ!!
अब फूल कै कुरा गरेर पनि भएन, वस्तीमा ढुकुर गुँडहरुका पनि कुरा गर
यो छिमेकमा बाँजहरु ढुकुर बिग्रहको लड़ाई हेरेर बसेका छन,
बिश्वलोचन मा इन्साफको नक्षत्र कुँदेर
बाँजहरु को आगो नपाइ मुर्मुरिएको चुलो लाइ शान्त पार!!
अब फूलहरु मर्दैनन बरु फूलहरु हेरेर मेरो बस्ति मर्छ
फाँसीको बेकम्मा नाच लाइ यो शहरमा यथावत राखेर
मेरो प्रमिथस लाइ उज्यालो चोर्ने उक्ति दिन बन्द गर
मृत्युशोक मा यस युगका आधुरा कथाहरु कहिल्यै पुरा हुन् सक्दैनन्!!
आफ्ना छोरा हरु लाइ तस्कर बनाएर जब सम्म छिमेकमा बुवाहरु जिउँछन
यो जमिनमा रगत पिएर जब सम्म फूलहरु यौबन हाँस्छन,
दशैंमा अभावको शितथोपा कविहरु ले अक्षरमा लेख्ने छैनन्
कृपया मलाई माफ गर! आगो पिएर हाँसो छादने कविहरु मेरो युगले जन्माएको छैन!!
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼