जिन्दगीको यात्राभरि आधी हुरी कत्ति सहे
दु:ख सागर तर्दै गर्दा यात्रभरि एक्लै रोए ।
अध्याँरॊ यो जीबनपथ मायालुकै आश बोकी
ढल्कि गयॊ बैँश मेरो रहरहरु थाती रहे ।।
हेपिएर चेपिएरै भए पनि बाँच्नु पर्ने
समयको तालसंगै नचाहेरै नाच्नु पर्ने ।
कर्ककलाको पानी जस्तै दुई दिने जिन्दगानी
दु:ख कष्ट लुकाएरै आँशु लिइ हाँस्नु पर्ने ।।
वाध्यता र बिबसताको छिचोलेर बर्ख भेल
समयको झरिसंगै रुझ्ने भिझ्ने गर्दै खेल ।
जिन्दगीका उजाड बस्ती हरियाली बनाउन
सुन्दर सपना सजाउदै यो मनले गर्छ झेल ।।
अधेरिमा टोलाइरहे आशको दियो बाली
पराइ भयौ अनयासै यो मन भयो खाली
न्याउली रोयो गोधुँलीमा विरह चल्यो मनमा
विश्वाश तोडी मन मोड्यौ रैछौ तिमी जाली
नेपाल यो रहेसममा अमर छौ भानु तिमी
सशक्त र राष्ट्रभाषा बनाउने छानु तिमी ।
युगनुसार प्रगतिशील चेतनाको बीज बोकी
जातीय ती भेदभाव मेटाउने, रानु तिमी।।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼