गजल
तिमै निम्ति सोमबारे बर्त गरे साउनमा
बादलुको बुँद बनी मन भरे साउनमा
सप्त रङ्ग इन्द्रेणीझै सजाउँदै रहरहरू
तिमै यादमा म त बर्षा बनी झरे साउनमा
चन्द्रमालाइ एकोहोरो हेरिरहने चकोर भै
तिम्रै रूप-रङ्ग देखि दङ्गै परेँ साउनमा
बादलभित्र तारा लुके, ताराभित्र हाम्रो माया
मल्मल्किरी जुनकिरीले प्रकाश छरे साउनमा
उराठिलो जीवनमा वसन्तका फूल सार्दै
ओइलिएका मुनाहरु फेरि सरे साउनमा
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼