Monday, September 5, 2011

इजरायलको भब्य शहर तेलअभिवमा "रहर भो जिन्दगी" को रहरै लाग्दो बिमोचन

इजरायलको भब्य शहर 'तेल अभिब' को लेविन्स्की पार्कमा "रहर भो जिन्दगी" को रहरै लाग्दो बिमोचन


इजरायली भूमी नेपाली कलमकर्मिहरुकोलागी साहित्यिक उर्बर भूमी रहेको तथ्य फेरी एकपटक "रहर भो जिन्दगी" ले उजागर गर्योज गत शनिबार सेप्टेम्बर ३ तारिखका दिन। बैदेशिक रोजगारको शिल्शिलामा बिगत केही बर्ष यता इजरायली भूमिलाई कर्मक्षेत्र बनाउँदै आएकी कलमकर्मी भगवती बस्नेतको प्रथम साहित्यिक सँगालो स्वरुप गजल संग्रह "रहर भो जिन्दगी" उक्त दिन एक भब्य समारोह बिच बिमोचन गर्योो अन्तरराष्ट्रिय नेपाली साहित्य समाज 'इजरायल' च्याप्टरले । इजरायली भूमिमा कार्यरत नेपालीहरुको एकमात्र छानो साहित्यिक संस्थाको रुपमा हालसम्म आफ्नो बलियो पहिचान बनाउँदै आएको अनेसास इजरायलले छोटो अवधीमा इजरायली परिवेशबाट धेरै प्रतिनिधि संग्रह जन्माइसकेको छ। यसै क्रममा पछील्लो संग्रह स्वरुप गजलकार भगवती बस्नेतको गजल सङ्रह "रहर भो जिन्दगी" को बिमोचन गर्दै अर्को एक महत्वपूर्ण साहित्यिक पर्ब मनायो अनेसासले यस् बर्षको तिजको छेको पारेर।

अनेसास इजरायलका अध्यक्ष तथा साहित्यकार कृष्णपक्ष ज्युको सभापतित्वमा गरिएको उक्त बिमोचन कार्यक्रममा अनेसास केन्द्र तथा अनेसास इजरायलका सचिब श्री हरी मानन्धर ज्युको प्रमुख आतिथ्यता र अनेसास इजरायलका बरिष्ठ सल्लाहकार अधिवक्ता श्री श्याम रोक्का ज्यु को आतिथ्यता थियो भने कार्यक्रमलाई अत्यन्तै मनोरञ्जनात्मक तरिकाले सञ्चालन गर्नुभएको थियो अनेसास इजरायलका कोषाधय्क्ष सुमन कार्की ले। नेपाली मात्रको ढुक्ढुकी स्वरुपको राष्ट्रिय गान गाएर सुरु भएको उक्त कार्यक्रममा बैदेशिक रोजगारको शिल्शिलामा इजरायल्मै भर्खरै मात्र असामयिक् निधन हुनुभएकी नेपाली चेली स्वर्गिय अम्बिका गौतमको चिर शान्तिको कामना गर्दै दुई मिनेट मौनधारणा गरेपछी कार्यक्रमले साहित्यिक माहौलको रुप लिएको थियो। इजरायलमा कार्यरत नेपाली साहित्यिक मनहरुको उल्लेख्य उपस्थितीलाई अनेसास इजरायलका उपाध्यक्ष कुमार पौडेल ज्युको स्वागत मन्तब्यले अझै साहित्यमय बनाइदिएको अनुभब गर्न सकिन्थ्यो। स्वागत मन्तब्यकै क्रममा उपाध्यक्ष पौडेलले गजलकार भगवती बस्नेतका साहित्यिक गतिबिधीका साथै उहाको प्रथम सङ्रह बारे छोटो टिप्पणी गर्दै उहाको आगामी साहित्यिक पाइलाको सम्रिद्दिको कामना समेत गर्नुभएको थियो।

बिमोचन कार्यक्रमका सभापति, प्रमुख अतिथी, अतिथी,अनेसास इजरायलका उपाध्यक्ष कुमार पौडेल, अनेसास इजरायलकै कार्यकारी सदस्य सुमित्रा पौडेल तथा स्वयं गजलकार भगवती बस्नेतको सामुहिक बाहुलीबाट एकसाथ बिमोचन गरिएको "रहर भो जिन्दगी" गजल संग्रह बारे सभापतिको स्थानबाट बोल्दै साहित्यकार कृष्णपक्ष ज्यु ले इजरायली माटोमा साहित्यिक उर्जा रहेको र यसको ज्वलन्त उदाहरणस्वरुप नेपाली गजल साहित्यआकाशले भर्खरै एक अर्को उदाउँदो तारा गजलकार भगवती बस्नेतलाई पाइसकेको कुरा बताउनुभयो। गजलसङ्रह "रहर भो जिन्दगी" बारे टिप्पणी गर्ने क्रममा साहित्यकार कृष्ण पक्ष ज्युले अगाडि थप्नुभयो, "गजलसाहित्यमा बाढि आएको पछील्लो समयमा नेपाली गजलले यस् कृति स्वरुप एक प्रतिनिधि संग्रह पाएको छ।" गजलको केन्द्रिय भाब मानिने प्रणय भाब देखी समाजको परिवर्तन सङ्गै साहित्यले मागेको बिबिध भाब र रसमा सिर्जित गजलहरुको स्वादिलो र सार्थक सँगालो बनेर "रहर भो जिन्दगी" आएको पनि उहाले उल्लेख गर्नुभयो।

कार्यक्रमको प्रमुख आकर्शण स्वरुप गजलकार भगवती बस्नेत ज्युले आफ्नो प्रथम कृति बारे बोल्दै साहित्यप्रतिको अभिरुची र लगाब बाल्यकाल देखी नै भएपनी आफ्ना सिर्जनाहरुलाई एकमुस्ठ समेटेर पुस्तकाकार दिने अवशर र बातावरण भने इजरायली बसाइ र अनेसास इजरायलको सामिप्यताले बनाइदिएकोमा हर्ष ब्यक्त गर्दै सिर्जनाको यात्रामा यो क्षणसम्मको सबल उभ्याइमा अनगिन्ती साहित्यिक सर्जक, अग्रज, समाकालिन मित्रहरुको हौसला, प्रेरणा र सुझाबको साथ रहेको बताउँदा खासगरी प्रेरक ब्यक्तित्वमा वरिष्ठ गजलकार तथा साहित्यकार डा कृष्णहरी बराल ज्युलाई पटक पटक सम्झिनुभएको थियो। आफ्नो साहित्यिक यात्राको प्रथम कृतिमा अमुल्य समय र शब्द खिर्चिदिनुहुने अग्रजहरुमा आभार ब्यक्तगर्दा गजलकार बस्नेत साँच्चै नै भाबबिभोर बन्नुभएको थियो।

बैदेशिक बसाइको ब्यस्तता, छट्पटी र घोर निराशाका क्षणहरुमा केही सिर्जेर नेपाली साहित्यलाई सुम्पिनु गर्व को कुरा हुँदाहुँदै पनि प्रबाशको अमिलो अनुभूतिमा समय र सिर्जनाको तालमेल मिलाउन भने असहज नै रहेको र यसका बाबजुद पनि केही नेपाली मनहरुको यो बिशेष झुकाबलाई नेपाली साहित्यले चिरकालसम्म सर्हना गर्नुपर्छ भन्नु भयो अतिथी श्याम रोक्का ज्युले आफ्नो मन्तब्यको क्रममा।

प्रमुख अतिथिको आशनबाट हरिमानन्धर ज्युले गजलकार भगवती बस्नेतको गजली उपस्थितिले नेपाली गजलआकाशमा के उज्यालो नक्षत्रको उदय भएको बताउनुभयो।

कार्यक्रमलाई अझै साहित्यिक रङ्गले रङ्याउन कार्यममा उपस्थित केही साहित्यिक मनहरुले आ=आफ्ना सिर्जना बाचन गरेर समेत सुनाउनुभयो।यसरी सिर्जना वाचन गर्नेहरुमा दीप्स शाह, सुमित्रा पौडेल, श्याम रोक्का, कल्पना भाबुक, सुनिता राइ, हरी मानन्धर रहनुभएको थियो। बिमोचन कार्यक्रमको अर्को रौनकता स्वरुप इजरायलमा निर्मित पहिलो नेपाली गीती एल्बम "पर्खाइमा" का प्रस्तोता गीतकार, गायक श्री ओम प्रसाइज्युले भर्खरै मात्र इजरायलमै रिलिज गरिएको आफ्नो एल्बम बारे प्रस्ट पार्दै शिर्ष गीत 'आज तिम्रो सम्झनाले' गाएर उपस्थित माहौल लाई मन्त्रमुग्ध पार्नुभएको थियो।

यसरी बिबिधखाले साहित्यिक गतिबिधी गर्दै अन्तमा सभापतिको शब्द सङ्गै बिसर्जन गरिएको बिमोचन्न कार्यक्रमको अन्तमा नेपाली महिलाहरुको महान पर्ब हरितालिका तीजको तिर्सना मेटाउन नेपाली चेलीहरुले आफ्नै हातले बनाउनुभएका स्वादिला नेपाली परिकारले उपस्थित साहित्यिक मनहरुलाई त्रिप्त गराइएको थियो।

समग्रमा इजरायली नेपालीहरुको यो साहित्यिक अनुराग र गजलकार भगवती बस्नेतको प्रथम सङ्रह "रहर भो जिन्दगी" ले नेपाली गजलआकाशमा एक अनन्त उज्यालो छर्नेमा आशा एबं विश्वाश गर्न सकिन्छ।समाचार सम्प्रेषक दिप्स शाह

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼