गीत
घाम झुल्की अस्ताइगयो जूनसङै तिम्लाई मागे
कुर्दा कुर्दै रातै बित्यो परेलीका निद भागे
गाह्रो हुदो रैछ हजुर प्रतिक्षामा बस्नुपर्दा,
कस्लाई पोखुँ बह मनको, आफ्नै भन्ने परसर्दा
कति खुसि थिए आँखा, टह टह जून हेरी
झिलिमिली ताराहरु आशा छर्थे उसैगरी
धेरै दियौ खुसिसंगै, जिन्दगीमा निरास पनि
किन आउँछौ सपनीमा बल्झाउन घरिघरि
हुनन् सबै सजाउन योग्य मनको मझेरीमा
साँझ बिहान डुल्छन आँखा तिम्लाइ हेर्न पधेरीमा
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼