मुक्तकहरू
मुटु दुख्यो आज किन दुख्यो जीवन् सारा
तिमी नै त एक थियौ यो जीवनको तारा
हिड्दा हिड्दै ठेस लाग्यो झरे बलेसीमा
थामिएनन परेली यो
बगिरहे रारा
जिन्दगी यो रहे सम्म नाम हराउदैन
बादल भित्र लुके पानी घाम हराउदैन्
!
धड्किन्छौ मुटुभित्र बिर्स्याछैन
एकैपल
दिलभित्र कहिल्यै तिम्रो ठाम हराउदैन
तिम्रो माया विश्वाश पाए जिन्दगिका
रहर जागे
सागरको छालसरी चाहानाका लहर जागे
!
रमाएर बस्न पाऊँ तिम्रै समिप जुगौ
जुग
तिम्रै न्यानो कल्पनामा हरएक प्रहर
जागे !!
मेरो मनको मझेरिमा फुलिरहन्थ्यौ
सधैंभरी
बिर्सनालाई खोज्यौ तिम्ले अनायसै
आँखातरी !
भन्ने गर्थ्यौ मर्छु बरु तिम्रो
साथ छुट्यो भने
नदेखेझैँ गरिगयौ कति रोएँ आँशु
झारी !!
रात यो नढली बिहानी हुँदैन
मन यो नछुने कहानी हुँदैन
समिप रुचाउछन मायाबी दुनियाँ
बैँश यो नआइ जवानी हुँदैन
बिस्वाशका मूलहरु सुक्न दिनु हुन्न
कैले
जिन्दगीक भूलहरु लुक्न दिनु हुन्न
कैले
हरियाली पार्न बाग ,मलजल् गर्नै पर्छ
नफक्रेको फूलहरु टिप्न दिनु हुन्न
कैले
एक्लै आयो एक्लै जाने एक्लो यात्रा जिन्दगीको
कैँले सुख कैले दु:ख जात्रै जात्रा जिन्दगीको !
केहि पल हाँसोको छ केहि पल आँशुको छ
भेट्ने छुट्ने कयौ साथ कयौ पात्र जिन्दगीको !!
कैँले सुख कैले दु:ख जात्रै जात्रा जिन्दगीको !
केहि पल हाँसोको छ केहि पल आँशुको छ
भेट्ने छुट्ने कयौ साथ कयौ पात्र जिन्दगीको !!
तोडी गयौ बाचा कसम पर पुगी हेर्छौ
किन ?
म अर्कैको भए पछि तिम्ले आँखा
तर्छौ किन ?
रसाएका आँखा बोकी ढुकढुकीलाई शान्त
पार्दा
बाटो फरक भए पछि याद फेरि गर्छौ
किन ?
छायाँ बिनाको खाली दर्पण दिएर गयौ
हेर्दाहेर्दै अनायासै नजर बाट दुर भयौ !
अर्पेकै थिएँ जीवनको हरपल तिमीलाई
आफ्नै पारामा चल्न मजबुर भयौ !!
हेर्दाहेर्दै अनायासै नजर बाट दुर भयौ !
अर्पेकै थिएँ जीवनको हरपल तिमीलाई
आफ्नै पारामा चल्न मजबुर भयौ !!
खड्किन्छ सधैं तिम्रो कमी मुटुमा
तड्पिन्छ बिछोडले पलपल मुटुमा
रुवाउछ तिम्रै ती रुमानी याद्हरुले
भड्किन्छ दिल किन मायाले मुटुमा
तड्पिन्छ बिछोडले पलपल मुटुमा
रुवाउछ तिम्रै ती रुमानी याद्हरुले
भड्किन्छ दिल किन मायाले मुटुमा
मधुर मुस्कान दिएर आयौ
मायाको उपहार लिएर आयौ।
शितल छहारीको खोजिमा हुँदा
हरियाली गीत गाएर आयौ ।।
मायाको उपहार लिएर आयौ।
शितल छहारीको खोजिमा हुँदा
हरियाली गीत गाएर आयौ ।।
उहि छ रीती ,रिवाज उहि छ
उहि छ सोचाइ आवाज उहि छ
फोस्रो त्यो आदर्श अविश्वाश उस्तै
संम्भार गर्ने समाज उही छ
याद्हरु काफी नै छन पिउन आजभोली
बहाना यो खोज्नै पर्यो जिउन आजभोली ।
मेरो मात्र हैंन रैछ देख्छु सबको उस्तै
फाटेको मन लागेको छु सिउन आजभोली ।
बहाना यो खोज्नै पर्यो जिउन आजभोली ।
मेरो मात्र हैंन रैछ देख्छु सबको उस्तै
फाटेको मन लागेको छु सिउन आजभोली ।
६०१को खेलमा झेलैझेल भएको छ
बढ्दो महँगी र बेरोजगारी बढेको छ !
सत्तालिप्सा, स्वार्थीपन हटाएर अविश्वास,
थपिएको म्याद भित्र संविधान चाहेको छ
बढ्दो महँगी र बेरोजगारी बढेको छ !
सत्तालिप्सा, स्वार्थीपन हटाएर अविश्वास,
थपिएको म्याद भित्र संविधान चाहेको छ
सम्झनामै बिती सके धेरै मेरा रातहरु
याद आउछ देउरालीका मिठा मिठा बातहरु
आउछु भन्दै बिते मेरा धेरै बर्ष
यहाँ
कहिले पुरा
हुने अब सपनाका खातहरू
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼