गजल

पोख्न पाउँदा मनको बह स्वच्छन्दता प्यारो लाग्छ
ठुलो साईनो संसारमा आत्मियता प्यारो लाग्छ
समभाव समाबेशी कुरा जस्तै काम भए
सबैजना मिली बन्ने त्यो एकता प्यारो लाग्छ
ज्ञान सीप शिक्षाबाट सिञ्चित भए सबै यहाँ
एकापसमा सदभाव र यो मित्रता प्यारो लाग्छ
दलहरु सबैमिली आफ्नो स्वार्थ त्याग्न सके
सही निती सही नियम स्पष्टता प्यारो लाग्छ
प्रकृतिको सम्पदाले भरिएको देश हाम्रो
आफ्नै भाषा भेष अनि अखण्डता प्यारो लाग्छ
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼