Monday, November 28, 2011

गजल

गजल



दिलभित्र तिम्रै लागि चोखो माया साँचिरहें
कहिले होला भेट भनी औंलाहरु भाँचिरहें


अध्यारो यो जीवनलाई उज्यालाले छर्छु भन्दै
उकाली र ओरालिमा रुदै भिज्दै नाँचिरहें



शीतलता खोज्नेलाई जूनको चाह हुने सधैं
शीतबनी टल्पलाई सुन्यतामा बाँचिरहें


नछुटिने बाचाकसम् तोडिदियौ निस्ठुर भै
भेटिनु र छुटिनुको नियती यो जाँचिरहें

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼