Sunday, December 11, 2011

गीत

गीत

रहरले फुल्न खोज्दा बैगुनीले झार्छु भन्छ
अर्कालाई चोट दिइ मन खुशी पार्छु भन्छ


ढक्मक्क फुल्ने डाली हल्लाएर  झारिदियौ 
शीरमा लाउने फूललाई पाउतिर सारिदियौ
नडराइ सुनगाभा भिरमा नै सर्छु भन्छ
दुनियाँलाई देखाएर सौन्दर्य त्यो छर्छु भन्छ


किन रुन्थ्यो अचानो त्यो घाइते मुटु लुकाएर
बज्रिए नि खुकुरीले आफ्नो बल देखाएर

उठ्न खोज्ने पाइलाहरू  बीचमानै रोक्छु भन्छ
उषाको त्यो झुल्के घाम बादलले छेक्छु  भन्छ

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼