गजल
प्रकाश छर्न अधेरिमा जले बेसरी
आँधी हुरी बनी चुट्यौ गले बेसरी
सँगैयात्रा गर्दै थियौ गयौ छोडेर
हिड्दा हिड्दै ठेस लाग्यो ढले बेसरी
आँखा उहि भएपनि हेर्ने दृष्टि फरक
पापीमनका दोसी चस्मा बले बेसरी
सोचेजस्तो कहाँ हुने रैछ जीवन
बाध्यता र बिबसताले झेले बेसरी
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼