मुक्तकहरू
१
फूलहरु कहिल्यै फुल्न बिर्सिदैनन
भवरा र मौरीले डुल्न बिर्सिदैनन !
अरुको लागि बाँच्ने सकल्प बोकेर
मौसमनुसार ढकमक्क झुल्न बिर्सिदैन !!
२
यता मन अध्यारो छ कता बाल्यौ टूकी
देख्दिन म तिम्रो प्रकाश कुहिरोले छेकि!
अध्यारो र उजाड देख्छु सबै मेरो बस्ति
कता लग्यौ उखेलेर पखेराको बुकी
३
असल मित्र चिन्न सके धन्य हुन्छ मान्छे
आनन्दले हाँसी हाँसी चन्द्र चुन्छ मान्छे ।
भवराको आकर्षन फूलसँग देख्दा
आफू त्यस्तै रमाउन जाल बुन्छ मान्छे ।।
४
भित्रीमन असल भए सबलाई असल देखिने छ
ईतिहासमा तिनिहरुको नै नाम लेखिने छ !
हत्केलाले सुर्यलाई छेक्न कहाँ सकिन्छ र ?
मान्छे खराब हुन्न कैले आचरण खराब भेटिने छ !!
५
खुशी लाग्यो म नि तिम्रो प्रीय मित्र भाको रैछु
काडाहरु जात जनाउनछ सहने बानि पाको रैछु!
गल्ति केहि भाको छैन छोडेर नि गएको छैन
सोच्दै छु तिमीसंग असल मित्रता लाको रैछु!!
६
उज्यालोमा रम्नु पर्छ ज्ञानदीप बाली
संगी साथि बन्नु पर्छ मनको मैलो फाली !
दुनियाले के के भन्छन किन सुन्नु कुरा
तिमि पनि अरु जस्तै नहुनु है जाली!!
७
पुग्नु थियो धेरै पर बीचबाटोमा जाम पाए
खुशी भए आज धेरै कलियुगमा राम पाए !
विश्वाश र भरोसामा अल्झेको छ यो संसार
बल्ल मैले खोजे जस्तै राम कुमार नाम पाए !!
८
भरोसाक दिपहरु जलिरहुन सधैंभरि
अघि बददै जानु पर्छ दुनियाँले देख्नेगरि
समयको आधिहुरी झेल्न सके धैँयताले
तिम्रो मेरो मित्रता यो रहिरन्छ यसैगरी !!
९
हात समाइ उठाउनु अल्झिएर लडे भने
सहि मार्ग देखाउनु कतै गल्ती गरे भने !
असल मित्र बन्यो आज साथ दिनु सधैभरि
नरुनु है सम्झिएर फुल्दा फुल्दै झरे भने!
१०
आकाश फर्की थुक्न खोज्छन छिटा आफ्नै मुखभरि
सम्झिरन्छन दुनियाँले तिनैलाई जीवनभरि।
बोल्नेलाई बोल्न देउ बोलिरहुन सकेजति
अर्ती हाम्ले घर्तिको नि मान्नु पर्छ सधैभरि ।।
११
जन्मेको त्यो माटो एकै रमाउने बाटो एकै
चोट लाग्दा दुखिरने यो छातीको पाटो एकै ।
रिस राग अंहकारले भलो कस्को गर्छ यहाँ
मर्दाखेरि जलाउने काठको त्यो भाटो एकै ।
१२
के भयो र तिम्रो साथ छुटे पनि बाँचेको छु
तिमी जस्तै साथी बीच रमाएरै हाँसेको छु ।
रुझाएर गयो बर्षा पखालियो मैलो जति
पलाएको पालुवामा रहर बोकी नाचेको छु ।।
देख्दिन म तिम्रो प्रकाश कुहिरोले छेकि!
अध्यारो र उजाड देख्छु सबै मेरो बस्ति
कता लग्यौ उखेलेर पखेराको बुकी
असल मित्र चिन्न सके धन्य हुन्छ मान्छे
आनन्दले हाँसी हाँसी चन्द्र चुन्छ मान्छे ।
भवराको आकर्षन फूलसँग देख्दा
आफू त्यस्तै रमाउन जाल बुन्छ मान्छे ।।
४
भित्रीमन असल भए सबलाई असल देखिने छ
ईतिहासमा तिनिहरुको नै नाम लेखिने छ !
हत्केलाले सुर्यलाई छेक्न कहाँ सकिन्छ र ?
मान्छे खराब हुन्न कैले आचरण खराब भेटिने छ !!
५
खुशी लाग्यो म नि तिम्रो प्रीय मित्र भाको रैछु
काडाहरु जात जनाउनछ सहने बानि पाको रैछु!
गल्ति केहि भाको छैन छोडेर नि गएको छैन
सोच्दै छु तिमीसंग असल मित्रता लाको रैछु!!
६
उज्यालोमा रम्नु पर्छ ज्ञानदीप बाली
संगी साथि बन्नु पर्छ मनको मैलो फाली !
दुनियाले के के भन्छन किन सुन्नु कुरा
तिमि पनि अरु जस्तै नहुनु है जाली!!
७
पुग्नु थियो धेरै पर बीचबाटोमा जाम पाए
खुशी भए आज धेरै कलियुगमा राम पाए !
विश्वाश र भरोसामा अल्झेको छ यो संसार
बल्ल मैले खोजे जस्तै राम कुमार नाम पाए !!
८
भरोसाक दिपहरु जलिरहुन सधैंभरि
अघि बददै जानु पर्छ दुनियाँले देख्नेगरि
समयको आधिहुरी झेल्न सके धैँयताले
तिम्रो मेरो मित्रता यो रहिरन्छ यसैगरी !!
९
हात समाइ उठाउनु अल्झिएर लडे भने
सहि मार्ग देखाउनु कतै गल्ती गरे भने !
असल मित्र बन्यो आज साथ दिनु सधैभरि
नरुनु है सम्झिएर फुल्दा फुल्दै झरे भने!
१०
आकाश फर्की थुक्न खोज्छन छिटा आफ्नै मुखभरि
सम्झिरन्छन दुनियाँले तिनैलाई जीवनभरि।
बोल्नेलाई बोल्न देउ बोलिरहुन सकेजति
अर्ती हाम्ले घर्तिको नि मान्नु पर्छ सधैभरि ।।
११
जन्मेको त्यो माटो एकै रमाउने बाटो एकै
चोट लाग्दा दुखिरने यो छातीको पाटो एकै ।
रिस राग अंहकारले भलो कस्को गर्छ यहाँ
मर्दाखेरि जलाउने काठको त्यो भाटो एकै ।
१२
के भयो र तिम्रो साथ छुटे पनि बाँचेको छु
तिमी जस्तै साथी बीच रमाएरै हाँसेको छु ।
रुझाएर गयो बर्षा पखालियो मैलो जति
पलाएको पालुवामा रहर बोकी नाचेको छु ।।
अर्ती हाम्ले घर्तिको नि मान्नु पर्छ सधैभरि ।।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼