Monday, December 19, 2011

अझै हामी यूरोपको नाममा ठगिएका छौ

 अझै हामी यूरोपको नाममा ठगिएका छौ 

                                                         मित्र लाल पार्दे 
                                                             सचिब
                                             गैर आवासीय नेपाली संघ पोल्यान्ड 
                                                          अध्यक्ष
                                            अन्तराष्ट्रिय कलाकार मन्च पोल्यान्ड शाखा


आजभोलि  पत्रिकाका  पानाहरुमा बैदेशिक रोजगारको    नाममा ठगी भन्दै समाचारहरु देख्न र सुन्न पाइएको छ । वास्तवमा  हामीहरु आँफै यथार्थता नबुझ्दा यस्तो भएको हो । अहिले पोल्यान्डको नाममा धेरै नेपालीहरु ठगिएको समाचार आई रहेका छन्   ।
एक जना चितवनका  ४६  वर्षका  वर्तौला दाई इजराइलबाट   पोल्यान्ड आउनु भयो तर उहालाई  दलालले   ठगेको रहेछ र तेसैको कारणले   उहाको मानसिक अवस्था मै अघात पर्‍यो र मानासिक अस्पतालमा  भर्ना भै  केही महिनाको उपचारपछी   नेपाल फर्कनु भयो ।
  विश्वासै  गर्न नसकिने समाचारहरु  केही पत्रपत्रिकाहरुमा पढे तर ती सबै झूट ब्रम्ह लूट हुन पोल्यान्डमा बसेर त्यो पनि ८० हजार नेपाली कमाइ हुन्छ भन्नुको अर्थ फलामको चिउरा चपाउनु बराबर हो । यहाँ धेरै नेपाली दाजु भाईहरु टिक्न नसकेर यूरोपको अन्य देशहरुमा लुकेर बस्नु परेको तितो यथार्थता  रहेको छ । तपाईं नेपालमा कसैको कुर नसुन्नुस् मात्र हिसाब गर्नुस् घण्टाको ६ ज्लोती (१ ज्लोती =२३)  दिनमा ८ घण्टाको हिसाब गर्नुस् हप्तामा ५ दिन्को हिसाब गर्नुस् । हामी नेपाली दाजु भाईहरुलाई  दलालहरुले  धेरै नै फसाएका  छन्  । के के न जुक्ती निकालेर अहिले पोल्यान्ड माध्यम बनाएका छन । पोल्यान्डको नामबाट    १३ करोड ठगी सुन्दा धिक्कार छ   नेपाल सरकारलाई नेपाल सरकार के  हेरेर बस्यो  तेत्रो  पैसा ठगी गर्दा सम्म ।  नेपाली दाजु भाईहरु पनि  किन आजभोलि सुचनाहरुका  धेरै माध्यम हुँदा पनि पैसा दिरहनु भयो । पोल्यान्डको बारेमा किन बुझ्ने पर्यास गर्नु  भएन ।  उहहरुलाई बिमलाले गुमराहमा पारेकी रहिछन । फेरी ६०० जना १ जनाबाट कुरै कुराबाट छल्कपट्बाट ठगिनु भयो । वास्तवमा यस्ता ठगी गर्ने बिमलाहरुलाई सरकार एवम आम  नागरिकहरुले कुनै पनि हालतमा तेसै छडिनु हुँदैन । पीडित हरुलाई न्याय दिने कर्तव्य सरकारको हो ।

     पोल्याण्ड यस्तो  देश हो जुन देशले दोस्रो विश्व युद्ध मा अत्यधिक पीडा भोगेको छ । जुन देशले युद्धको महाबिनाश भोगेको छ । जुन देशमा  ७० लाख जनताहरु केही बर्षमै मारिए ।  जुन देशलाई रसिया र जर्मनीले टुक्रा टुक्रा पारेको थियो । यो देशलाई हिट्लरले तहस नहस पारेको हो । हाम्रो देशमा १७ हजार   मान्छेको रगत १० बर्षमा बग्दा त हामी कति  आहत थियौ हामी कति  पीडित थियौ । हाम्रा हरेक रातहरु अनिदामा बिते यसो कल्पना गरौ त दोस्रो विश्वयुद्धको समय केही वर्षमै  झन्डै एक लाखले ज्यान गुमाउदा यो देशको तस्विर कस्तो भए होला अनुमान गर्न पनि कठिन छ । विश्व नक्सामा १२३  वर्ष मेरो पोल्यान्ड भन्न पाएनन यहाँका जनताहरुले पहिलो विश्वयुद्दताका  यही  देशका नागरिकहरुलाई आफ्नो भाषा बोल्दा पनि कडा सजाए थियो ।  । कतिले त आफ्नै भाषा पोलिश बोलेबापत पनि मारिएका थिए ।   यो देशले धेरै पीडा भोगेको देश हो । धेरै गरिबी भोगेको देश हो । धेरै भोकमरी बाट गुज्रिएको देश हो । तर जब १९९० मा लेचेक बल्च्वोरोस्कीले  शक थेरापी लाइ प्रयोगमा  लिए तब पोल्यान्डको आर्थिक अवस्था धेरै सुध्रदै गयो । उनको यस्  प्रयोगले  पोल्यान्डको अर्थतन्त्रलाई धेरै मज्बुत बनाउने काम गर्‍यो र पोल्यान्ड्को अर्थतन्त्र  बजार अर्थतन्त्रमा परिणत भयो । पोल्याण्डले  आजको समयमा धेरै प्रगति गरेको छ । जब यो देश २००४ मा इ यू मा प्रवेश गर्‍यो तब यसले धेरै प्रगति गर्दै गयो तै पनि धेरै बेरोजगारीको  समस्या अहिले पनि भोगेको छ धेरै पोलिश युवाहरु   नर्वे ब्रिटेन डेन्मार्क अमेरिका   गएर काम गर्दछन  । आज पनि पोल्यान्डका लाखौं जनताहरु ब्रिटेन छन् । लाखौं जनताहरु अमेरिका छन् । साथै अरु देशमा  पनि । कुनै समय सार्है जटिल   अवस्थाबाट गुज्रिएको देश आज धेरै अगाडि आएको छ तर हाम्रो देश नेपाल झन पछाडि । झन भ्रस्टाचारिहरु । 


 तर अहिले पोल्यान्डको नाममा बिभिन्न प्रलोभन देखाउदै बिभिन्न मिडियहरुमा बिज्ञापन   छपाउदै  गरीब नेपाली दाजुभाइहरुलाई झुक्क्यैरहेका  छन् । मंसिर २६  गते कान्तिपुर अंकमा लेख्छ   १३ करोड पोल्यान्ड पठाउने बहानामा  ठगी । त्यसै   गरी विभिन्न पत्रपत्रिकाहरुमा     पोल्यान्डको नाममा आकर्षक  बिज्ञापन  यी पढ्न पाइरहेका छौ ।  धेरै जसो बिज्ञापनहरु  झूट हुन्  सबै कपोकल्पित हुन यस्ता कुराहरुमा कोही नलाग्नुहोस् । तपाईंहरुको जिन्दगी बर्बाद बनाउने अनि एक दुई जनाको उदाहरण दिएर सयौलाई ठग्ने  शकुनिहरुका कपटी पासाहरु हुन् । ती बिज्ञापन  होइनन् ती त तपाईंहरुलाई नाङो  बनाउने आफु मोटाउने फटाहा तरिकाहरु हुन् । तपाईंहरु पनि बहकाउमा लागेर कसैलाई पैसा नदिनुस् । पोल्यान्डको  बारेमा राम्रो सँग बिचार  गर्न सकेको भए  केही मात्रामा भएपनि   तपाईंहरु  ठगिन बाट बच्नु हुने थियो ।   

पोल्यान्डको बिज्ञापनको बारेमा जुलाई ११ शुक्रबार २००९ मा साप्ताहिकमा प्रकाशित् भएको थियो तेसैको बारेमा तुरुन्तै 
 जुलाई १२, २००९मा माइ संसारमा दिपकको नामबाट  प्रकाशित हुन्छ " जुलाई ११ शुक्रबार प्रकाशित साप्ताहिक नामको पत्रिकाको एउटा विज्ञापनमा मेरो ध्यान तानियो। विज्ञापन स्ट्याण्डर्ड वर्ल्ड कन्सलटेन्सी ज्ञानेश्वरले निकालेको रहेछ। त्यहाँ भनिएको छ, "पोल्यान्डमा इन्टर्नसिप प्रोग्राम अर्न्तगत काम र ट्रेनिंग गर्न सकिन्छ। काम गरिएवापत मासिक ८० हजार रुपैयाँ + ओटी + लजिङ फुडिङ निःशुल्क।"  यी सबै झूट हुन् यी सबै नाटक हुन् भन्दै प्रकाशित् भएको छ । तेसै गरी पोल्यान्डमा नेपालीहरुलाई कसरी नेपाली  दलालहरुले  ठगेर नेपालीहरुलाई अल्पत्र पारे भन्ने बारेमा मित्र लाल पार्देको लेख "कतै तपाईंहरु युरोपको नामबाट ठगिदै त हुनुहुन्न "भनी सावधान गराउन खोजिएको लेख बिभिन्न अनलाइन मिडियाहरु एवम एैक्यवद्दतामा प्रकाशित् भएको थियो  ।  अहिले पनि तपाईंहरु गूगलमा खोजेर पढ्न सक्नुहुन्छ । 

हामी हरु बिदेशमा आउँदा केही कुराहरुमा ध्यान दिन सक्यौ भने अवश्यपनि केही मात्रामा ठगिनबाट बच्न सक्छौ । हामीले दलालहरुले  भनेको कुरामा शत प्रतिशत विश्वास गर्ने हो भने हामीलाई उनिहरुले हरिकङाल बनाउछन अनि  उनिहरु मोटाउछन् । जुन देशमा जादैछौ त्यो देशको बारेमा भाषा सन्स्क्रिती रहन सहन् थोरै मात्रामा भएपनि जान्नै पर्दछ जसले  गर्दा तपाईंहरुले वास्तविकता थाहा पाउन सक्नुहुन्छ । अनि सम्बन्धित देशको कुनै संघ संस्थाहरु एवम राजदूतावासमा   संपर्क गरी आफुले काम गर्ने कम्पनी वा  कुनै ठाउको बारेमा प्रशस्त  मात्रामा बुझ्नुहोस् अन्यथा तपाईंलाई  कम्पनी विनाको जाली कम्पनी बनाएर पनि ठग्न सक्छन । गत वर्ष पोल्यान्डमा यस्तै किसिम्को समस्या आएको थियो उहाहरु नेपालबाट आउनु भयो तर यहाँ उहाहरुको  कुनै कम्पनी थिएन  । ती नेपाली दाजु भाईहरुलाई पनि नेपालको फटाहा मेनपावरले   ठगेको रहेछ । दलालहरुको  मिलेमतोमा ठगिनु भएको रहेछ ।  केही समय अगाडि नेपालको एक निजी टेलिभिजनले पोल्यान्डको बारेमा समाचार प्रसारण गरेको थियो त्यो समाचारमा सत्यता थियो । अत यस्  किसिमका जानकारी मुलक समाचारमा ध्यान दिन सके मात्र धेरै मात्रामा  ठगिनबाट बच्न सक्छौ ।
विदेश भन्दैमा पैसा कमाइन्छ भन्ने न सोच्नुहोस्  ।  म युरोपका  केही भागहरुमा देखेको छु कि वर्षौ वर्ष    भयो नेपालमा परिवारसँग संपर्क छैन एक किसिम्को सामाजिक जटिल्ता देखा परिरहेको छ     ।  कति  नेपाली दाजु भाईहरु त धेरै वर्षदेखि  गैर कानुनी रुपमा  बस्दा बस्दा घर परिवारदेखी  नै टाढिनु  परेको तितो यथार्थता छ । जसले गर्दा पारिवारीक  जटिल्ता पनि देखा परेको छ । सरकार लाचार बनेको छ देश छोडेर जान खोज्ने नेपाली दाजु भाईहरुलाई आफ्नै देशमा उचित बातावरण दिन सकेको छैन । बन्दुक बारुद गोली किन्ने पैसाले नेपालमा उद्द्योगहरु खोल्न   पहल गरे के हुन्छ सरकारले ?   हिम्मत छ सरकारको भने यसरी बिदेश भनेर सयौको  घरबार बिल्लिपाठ गरिदिने विमलाहरुलाई कडा भन्दा कडा सजाय  हुनै पर्दछ । अनि बिज्ञापन  छाप्ने पत्रिकाहरुले ले पनि अलीकति सचेत भएर केही निती नियमनुसार   बिज्ञापन छाप्नु पर्छ । अझै पनि हाम्रो गाउघरका  सोझा सिधा नेपालीहरुले पत्रिकामा  छापिएको हो भनेर  विश्वास गर्दछन । बिज्ञापन  नितिमा सुधार हुनै पर्दछ । पैसा आउछ भन्दैमा गैर कानुनी  रुपमा  चलेका  संस्थाका  गैर कानुनी बिज्ञापन   छाप्नु तथा प्रसारण  गर्नु पनि एक किसिमको  सामाजिक अपराध हो । जुन संस्था राज्यको कुनै निकायमा  दर्ता नै छैन त्यस्ता  संस्थाको  बिज्ञापन छाप्दा केही बुझेर मात्र छाप्नु पर्दछ  । धेरै नेपाली दाजु भाईहरु बिज्ञापनको भ्रममा परेर आफ्नो अमुल्य   जीवन बर्बाद बनाइरहेका  छन्  । अत  अब बिज्ञापन नितिमा पनि केही सुधार गर्ने कि नत्र हाम्रो देशमा हजारौं नेपाली हरु ठगिन्छन्  । नेपाली दाजु भाईहरुलाई बर्बाद बनाउने एजेन्टहरु  जो गैर कानुनी रुपले   बिदेश पठाउने बहानामा ठगी गरेका छन्   उनिहरुलाई हामीले सामाजिक बहिस्कार गरे कसो होला ?   

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼