Saturday, December 31, 2011

गजल

 गजल

सपनिमा देख्न थाले हिमचुलिको हिउँ आमा
एक्लै छु म दुर देशमा खै कसरी जिउँ आमा

जन्मे हुर्के  त्यो काखमा वाध्यताले बिदेसिए
दुख्छ मन गाउँ सम्झी पीडा कति पिउँ आमा

सोची आए धेरै धन, मान ,शान कमाउँला
आँफै बाँच्न गार्हो भाछ तिम्लाई के दिउँ आमा

आशाहरु सबै जले निराशाले छाती जल्छ
भताभुङ भयो स्वप्न कसोगरी सिउँ आमा

स्वतन्त्र उडन खोज्छ मनको चरी आकाशमा
निरन्कुश तन्त्र दिन्छन म किन लिउँ आमा 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼