सन् २०१२ को मेरो नया वर्ष
"यो छातीमा तिम्रै नाम लेख्न थाले मैले,
सपनिमा तिमीलाई नै देख्न थाले मैले......"
मोबाईलको रिंग टोन लामो समय सम्म बजिरहन्छ . आँखा चिन्म्लिएर नै फोन उठाउँछु . समधुर अनि मायालु स्वरमा , " सानु उठ आज तिम्रो नयाँ बर्षको कार्यक्रम छ होइन ?" उनको त्यो मायालु आवाज मेरो कानमा प्रतिध्वनी हुँदै मुटु सम्म पुगेर मन मस्तिष्क नै फुरुङ हुन्छ ।हामी बाध्यता र परिस्थितीले बिबसतमा दुखेँ पनि हामीले हाम्रो मायाको टुसालाई अन्कुराउन दिइ रहेका हुन्छौ ।तन त मनको बिपरित धुवमा बाँचेर पनि हामी निस्सिमतालाई राम्ररी अनुभुत गरिरहेका छौ।
दुरिमा कोसौ टाढा भए पनि यिनै संचारका साधनहरुले आजको दुनियाँमा हामीलाइ बाँच्न सजिलो बनाएको छ । दुरी कम गरेको छ, सामिप्याता बढाएको छ । यस्तै कल्पिदै रमाउदै उठ्छु, हतार हतार बिहानको नित्य काम सकेर नयाँ बर्षको कार्यक्रममा सहभागी हुन आतुरियेका मेरा मन मस्तिस्कहरु अनायास ल्यापटप खोल्न हतारिन्छन।
फकेबूक तिर आँखा दौडाउँछु पहिले पहिले त चाडवाड आयो कि मेसेज लेख्दा हैरान भैन्थ्यो, अहिले फकेबूकमा समग्रमा सबैलाई शुभकामना दिन सजिलो भएको छ ।स्ट्ट्यासमा सबैलाई शुभकामना अपडेट गरि फकेबूकको म्यासेज बक्सतिर आँखा पुर्याएँ ।मेरो छोरीको म्यासेज बिशेश लाग्छ ! उस्का भावना अनि गुनासाहारुले भरिएको म्यासेज पाउँछु अनि "मामु हजुरलाई धेरै धेरै शुभकामना पनि ल" यति हेरेपछि मन अझ फुरुङ हुन्छ हेर्दै गए । कुमार जी को म्यासेज नि पाएँ। सुनिल जी को "थोपा थोपा" पढने उत्सुकताले गर्दा उहाँलाइ फोन नै गर्नु थियो । उहाँलाइ कल गरेर शुभकामना आदान प्रदान भयो। उहाँ बिजी हुनुहुदो रहेछ १० मिनेट पछि फोन गर्नुस् भन्नु भयो ।फेरि अलि तल भगवती कनेल बहिनिको म्यासेज पाएँ ।उहाँसँग शुभकामनाका अतिरिक्त केहीबेर भलाकुसारी गरे अरु धेरै म्यासेज हुँदा हुँदै पनि जाने हतारले ल्यापटप बन्द गरे !
बिहानको १० बजे पोस्ट अफिस नजिकको पार्कमा जम्मा हुने हाम्रो सल्लाह थियो ।घरको सबै काम सकेर जान्छु है भन्दा मर्गलित सोध्छे "कति चाडवाड मनाउछौ है तिमीहरु ? " नेपालीहरुको , जुविशहरुको फेरि अङ्र्जी पनि । हाँसेर हो नि यिनै चाडवाड्ले त हामीलाई एकअर्कासँग नजिक बनाउँछ एकछिन भए पनि कामबाट स्वतन्त्र हुन पाइन्छ उ मुसुमुसु हेरेर हाँस्तै जाउ भनी ।घरबहिर निस्किए लिफ्ट कुरेर बसे। आज आइतबार सबै आ-आफ्नो काममा जान हतार देखिन्छन । सधैं भन्दा अर्कै पोशाकमा देखेर रिनाले (अयोम खोपेश )भनेर सोध्छे आज बिदा हो ? (केन) हो भने अनि (योफी कोलाकबोद) धेरै राम्रो हप्तामा १,२ चोटि बाहिर घुम्नु पर्छ। रमाइलो पनि गर्नुपर्छ। गएको समय फर्कदैन । तिमीले यहाँ बिताएको समय फेरि फर्कँदैन आफ्नो लागि पनि निकाल्नु पर्छ। यहाँबाट केही मिठो सम्झना तिमी घर फर्कँदा लिएर जानुपर्छ । काम जिन्दगीमा कहिल्यै सकिदैन भन्दै सम्झाउँछे ।केहि बुझे जस्तो केहि शिक्षा पाएँ झै हुन्छ भनेर मुन्टो हल्लाउँदै गेटबाट बाहिरिन्छु यी ठुला भवनका लिफ्ट चढ्दा ओर्लिदा मेरो आफ्नै गाउँघर उकाली ओरालीका सम्झनाहरु ताजा हुन्छन । अनि आफ्नै भन्ज्याङ र चौतारीहरुमा आफ्ना सखीहरुलाई भेट्न् जान लागेको महासुस गर्दै पाइला अगाडि बढाउँछु । सधैं बूढीसँग व्हिल चेअरमा बाहिर आउनु पर्ने आज त एक्लै स्वतन्त्र भएर खुला आकाशमा उडेको चरी जस्तो मन फुरुङ भएको छ । धेरैपछि धेरै साथीहरु भेट हुने भएको छ । तीज पछि फेरि हाम्रो जमघट भएको थिएन किन भने म दसैंमा नेपाल गएको थिए ।
प्राय: जसो हामी तीज दसैं तिहार,अग्रेजी नयाँ बर्ष, नेपाली नयाँ बर्ष मनाउँछौ ! हामी यस हाइफा नेभेशनानमा करीब २५,३० जान नेपाली मात्र छौ होला सम्भव भए सम्म हामी सबै चाडवाडमा आफ्ना घरबाट मिठा मिठा परिकार बनाएर ल्याउने अनि कुनै ठाउँमा जम्मा भएर रमाइलो गर्ने गर्छौ । यसै अनुरुप आज सन् २०१२ अग्रेजी नयाँ बर्ष हामीले पोस्ट अफिस नजिकैको पार्क रोजेका थियौ जहाँ समुद्र स्पष्ट देखिन्थ्यो । एकैछिन भए पनि खुला आकाशमुनि रमाउने , झुम्ने दुख बिर्सिने हाम्रो मनसाय हो . बाटोमा हिड्दै थिए , बीचैमा ओरेन भेट भयो प्राय जसो उ यही बाटोमा भेटिन्छ । सिमित औपचारिक सम्वाद भए। पानी पर्ने मौसम छ कहिले कहिले घाम कहिले पानीले मन रोमन्चित हुन्छ तरङित हुँदैछ ओरेनको भिजेको कपालबाट पानीका थोपाहरु उसको गाला चुम्दै झरिरहेका थिए । पहिला सामान्य लाग्ने उसको अनुहार आज नजिकबाट नियाल्ने मौका पाउँदा मलाई सुन्दर लागेको थियो । घरिघरी उ सँग नजर जुध्थ्यो र उसको गालामा चमक फैलन्थ्यो र लाज मिश्रित मुस्कान निस्कन्थ्यो र नजर झुकाउदै हिड्थ्यो अज निक्कै बेर उभिएर हेरिरह्यो. मैले नि सनातोभा नयाँ बर्षको शुभकामना दिदैँ ऊ सँग छुट्टिएँ । मलाई गाडेर्न पुग्न हतार थियो . गीता दिदिको फोन आयो "कता तिमी अझै आउने बेला भएको छैन ?आउँदै छु भन्दै फोन राखे । गाडेर्न नपुग्दै मेरा साथीहरुको आवाज टाढैबाट सुनिसकेको थिए।खुसिले उफ्रदै थिए, मलाई देख्नासाथ सबैले खुशीले अंकमाल गर्दै शुभकामना साटासाट गर्यौ । त्यहाँ पुग्दा अर्चना,गीता ,कविता हेमा,राधा कल्पना कार्की,कल्पना अधिकारी, आश्मा गुरुङ ,कुमारी, शर्मिला जम्मा भएका थिए अझै आउन बाँकी नै थिए।
सबै जम्मा भई नसकेकाले म चाडै पुगेको महसुस गरे ।वरिपरिको बातावरण नै रमणिय थियो। गार्डनका छेउमा तितरिका पातहरु सबै झरेर नयाँ पालुवा पलाएको थियो। लहरै रोपिएका जितुनका बोटहरुले अझ सौन्दर्यता थपेको थियो यस्तो लाग्थ्यो यि सबैले नयाँ बर्षको स्वागत गरिरहेका थिएँ। आउन बाँकी साथीहरु आउँदै थिए ।
प्रवाशको बसाइ एकैछिन भए पनि आफ्ना सम्पूर्ण दु:ख बिर्सिएका छन ।सबैले जेल भित्रको जिन्दगीबाट
निस्किएर केहि पल खुल्ला आकाशमुनि नै भए नि एक अर्कामा आत्मियता साट्दै रमाएका छौ हामी, मानिस थुप्रै दुःख लुकाएर पनि हाँसिरहेको हुन्छ यहि नै मानिस हुनुको विशेषता हो । उसलाई थाहा छ उसको एउटा हाँसोले थुप्रैलाई आफ्नो दुःख बिर्सिएर बाँच्न प्रेरित गर्छ । त्यसैले हाँसो सदैव अमुल्य हुन्छ जसले मानिसलाई कठिन पलमा पनि राहत दिन्छ त्यसैले आज हामी हाम्रो केही पल मुस्कुराउना, रमाउन जीवनका अमूल्य केही क्षन अबिस्मरणिय बनाउने प्रयाश मा थियौ । सबै साथीहरु जम्मा भैसकेका थिए सबैले मिठा मिठा परिकार बोकेर आएका थिए पुलाउ,खिर, पुरी, अचार,मासु,तरकारी बिभिन्न परिकार जम्मा भैसकेको थियो, हामी सबैले लहरै बसेर खानेकुरा खाँदै गफ गर्दै धेरै बेर बिताएछौ !धेरैबेर पछि हस्याङ र फस्याङ गर्दै राधा गुरुङ आइपुगिन अर्चना दिदिले किन ढिला गरेको ननु भन्नु भयो अनि ऊ निन्याउरो मुख लगाउँदै २ वटा बस चेन्ज गरेर आउँदा ढिला भयो, के गर्नु तपाईंहरुको माया प्रेमले मलाई जहाँ गए नि यही नै डोर्याउछ। नेभेशनाशान जस्तो एकता मेलमिलाप माया सद्भाव कहीँ पाउदिन, छन त हाइफामा ७ ,८ वोटा अपार्टमेन्ट छन् साथीहरु छन तर....कुरा सकिन नपाउदै मैले त्यहाँ हामी छैनौ नि त भन्छु ऊ दङ पर्दै हो नि भन्छे हामी सबै देखेर दाङदास छ । कहिले घाम कहिले छायाँ भएको परिस्थिती गाडेर्न वरिपरिका लोभलाग्दा हरियाली, खुल्ला आकाश भूगोलको जुनसुकै कुनामा भए पनि मानिसका मनहरु प्रकृतिप्रति उतिकै चुम्बकिय आकर्षणले तानिएको हुने रहेछ । हामी यिनै दृष्यावलोकनमा रमाउँदै हावामा कपाल उडाउँदै, गुलावका गुच्छाहरु साटासाट गर्दै, बेलुन हातमा समाउदै माथि माथि उडाउँदै, खुशीले आल्हादित बनिरहयौँ धेरैबेरसम्म ।प्रबासको बसाइमा भेटिएका साथी भाईनै आफ्ना परिवार हुने रहेछ।हामी पूर्व मेची देखी पश्चिम महाकाली सम्मका नेपालीहरु यहाँ भेला भएका छौ । एक अर्काका दु:ख सुख बाडेका छौ डायस्पोरिक उकुसमुकुस जिन्दगीलाई कसरी चलाऊने हामी आँफैमा भर पर्ने रहेछ । अरुको दु:खलाई नि आफ्नो सम्झने एकर्कामा मेलमिलाप राख्ने दु:ख सुख साटासाट गर्ने हो भने यो बिरानो मुलुकमा पनि जिन्दगी सहज र सरल बन्दो रहेछ।
सिर्सिरे बतासमा साउती मार्दैँ खुशीले अवाक भएर कहिले गाडेर्नको वोल्लो छेउ कहिले पल्लो छेउ कुदिरहयौँ फोटो खिँच्नको लागि। कोही २ घण्टाको लागि आएका थिए जाने हतार गर्दै थिए ।कोही फोटो खिच्नमा ब्यस्त थिए ।साथीभाइहरुसँग रमाउँदा रमाउँदै समय बितेको थाहा नै भएनछ,कोहीलाई अपार्ट जानु पर्ने हतार,कोहिलाइ काममा जानुपर्ने हतार भएकोले जान तयारी गर्न लाग्यौ । प्रबासको बसाइमा भेटिएका साथी भाईनै आफ्ना परिवार मानेर हामी नेपाली जहाँ पुगे पनि मिलेर हासखेल गर्ने, दु:ख सुखमा सहयोग गर्ने गर्यो भने घरको न्यास्रोपन थोरै भए नि काम हुने रहेछ। यो डायस्पोरिक उकुसमुकुस जिन्दगीलाई कसरी चलाऊने हामी आँफैमा भर पर्ने रहेछ ।हामीले नेपाली जहाँ पुगे पनि आफ्नो भाषा संस्कृतिलाई पछ्याइ रहेका हुन्छौ। चाडपर्वहरुले नै साथीभाईहरुलाई एक ठाउँमा ल्याई क्षणभर भए पनि खुशीयाली प्रदान गर्ने उत्सव हुँदोरहेछ। आफूसँग जे छ जस्तो छ त्यसैलाई सदुपयोग गरी यसलाई आपसी सद्भाव र उमंगका रुपमा आज हामीले पनि नयाँ बर्ष मनायौँ अनि हाइफको समुन्द्री छातीमा टल्केको घामको प्रतिबिम्ब केहीक्षण नियालेर मन प्रफुल्लित पार्दै फेरि नेपाली नयाँ बर्षमा भेट हुने बाचा गर्दै एकर्कामा बिदा भयौ!!
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼