कथा
निस्पट्ट अँध्यारो हावासँग साउती मार्दैछ भने नारायणी नदीको चिसो पानी आवाजसँग सम्झौता गरी बग्दैछ, कलकल बगरलाई चुनौती दिएर । आकाशमा ताराहरू चम्केकै छन् तर प्रकाशले धर्ती अंगाल्न सकेको छैन त्यसैले रात जमाउँदै छ, अँध्यारो जूनकीरीको मिलिकमिलिकसँग पौठेजोरी खेल्दै रमाएको छ। मेरो गाउँ, जहाँ मैले अठारौ वसन्त पार गरी त्यहाँका ढुङ्गा, माटो वन बुटो, खोलानालासँग सम्झौता गरेकी थिएँ,रमाएकी थिएँ, झुमेकी थिएँ।जीवनका उकालीहरु भर्खरमात्र चढ्दै थिए फेरि यो रमणीय बस्तीलाइ,गाउघर साथीसंगीसँगको मोजमस्तीलाइ छोडेर जानुपर्ने बिबतामा मन एक तमासले सतहझैँ बन्दै जान्छ,मनमस्तिष्क स्तब्ध रहन्छ ।
एकातिर गाउँघरको माया आर्कोतिर राजुसँग भेटहुने खुसि कतै दु:ख कतै सुख यस्तैमा मनमा अनेकौ तर्कना आउँदै थियो। किनभने निक्कै समय देखि राजुसँग संम्पर्क टुटेको थियो पहिले मेरो दिनमा २ चोटि फोन गर्थियो ३,४ चोटि म्यासेज गर्थियो फेसबुकका भित्ताभरी छाताछुल्ल लेखेका कुराहरु मेरा लागि प्रेमिल कोशेली बने ।जस्को कारण म आफ्नो जन्मथलो, आफ्नो कामकाज सबै छोडेर आफूलाई उसै प्रति समर्पित गर्न आतुर थिए। ऊ मेरो बाल्यकालको साथी मलाई बुझ्ने मेरो भावनाको कदर गर्ने हामी स्कुल सँगै पढयौ कलेज सँगै। पढयौ अहिले उ अमेरिकामा पढाईकै शिल्शिलामा गएको छ ।बाल्यकालको हाम्रो प्रेम अब हामी यस्लाई सार्थक गर्नेछौ,विवाहमा बाधिनेछौ सम्झदै मन फुरूङ्ग भएर आएको थियो। कलेजका दिनमा सँगै रानी पोखरीको डिलमा बसेर मेरो प्रशंशा गर्दै भनेका कुराहरू सम्झन्छु.. तिम्रा यि सलक्क परेका सुडोल हातगोडा, ठूलाठूला गाजलु आँखा, मोतिका दानाजस्ता मिलेका दन्तलहर, सीमलको भुवा जस्तो कोमल अनि लामो केश निक्कै राम्री देखिन्छौ ।तिम्रो यिनै चन्चलता अनि सुन्दरताले मलाइ लोभ्याउछ। अनि फेरि सपनाले थप्थी, तिमीहरु सँगै बस्दा तिमीहरुको जोडी एक मूर्तिकारले आफ्नै आकारमा ढालेर बनाएको सुन्दर मुर्ति झैँ देखिन्छौ । सोच्छु हामी दुईको प्रेमको एउटा सुन्दर फूल फुलेर सुवास छरिरहेको छ। हाम्रो माया टाढा टाढा सम्म फैलिरहेको अनुभव गर्दै मायाको महासागरभित्र पौडिदै,मेरो पवित्र आत्मलाइ हिमनदी झैं बगाउदै, बग्दै बिनोदको मायाको महासागरमा विलिन हुन आतुर थिएँ।
घरको आर्थिक अवस्था कम्जोर भएको कारण बाबाले अलि पछि जाउली नि छोरी भन्दा भन्दै नि मेरो अनुरोधलाइ नकार्नु भएन मेरो मलिनो अनुहार देखेर बाबाले ऋण खोजेर नि अमेरिका जाने रकम जुटाइ दिनुएको थियो। अमेरिका जानको लागि धेरै प्रकिया गर्नु पर्ने टेर्निङ लिनु पर्ने अत्यन्तै ब्यस्त भएर राजुसँग अलि दुरि बढेपनि पनि माया र ममताको प्यासी बनेर अनेकौ खाले बिबस्ताको कठघारमा उभिएर निथ्रुक्क भिजेका चाहनाहरुले उनकै साथ सम्म पुर्याउन धेरै कोसिस गर्दै एक बर्षको अन्तरालमा अमेरिकाको भिषा लागेको दिन थियो।। खुशि हुँदै राजुलाई मेस्सेगे पठाएँ ।उस्ले रिप्लाई नै दिएन अचम्म लाग्यो आज सम्म जुन दिनको प्रर्खाइमा यतिको दु:ख गरेको थिए। आज तै कुरामा सफल हुँदा अनि खुशिले पुलकित हुँदा पनि आफ्नो मनको राजालाई खुशि ब्यक्त गर्न नपाउनु कस्तो बिडम्बना ?फोन गर्छु मोबाईल नि अफ छ मेस्सेगे गर्छु जवाफ आउदैन फेरि अर्को मेल लेख्छु आउँदैन अब जे भए नि अमेरिका त जानु नै छ भिषा लागेको छ कतै काम मा बिजी भयो होला उस्ले भनेको थियो अमेरिकाको साह्रै बिजी लाईफ हुन्छ।। सुनु मैले अफिसमा फोन उठाउन मिल्दैन मेशिन सरिको लाईफ छ ।उसको कुराहरू सम्झिएँ।, सोचे काममा बिजी होला। भिषा लागेकोले समानहरु किनमेल साथीभाई, आफन्तसँगको भेटघाटमा बिजी भएँ। मनमा। एक प्रकारको खुशि एक प्रकारको शँका उपसङ्का बिभिन्न सोचाइले डेरा जमाउन थाल्यो। सुत्न खोज्छु मनमा अनेकौ तर्कना आइरह्यो। अनेक डर,त्रास र कौतुहलताले लडिबुडी खेलिरहेका छ मनभरि ।यस्तै सोच्दा सोच्दै कतिबेला आँखा लागेछ पतै भएन।
बिहानको किरणले झ्यालबाट अघि नै गिज्याउदै रहेछ जाने समय धेरै नै बाँकी भएको हुँदा आमाले नबोलाउनु भएको रहेछ ।घरभरि सबै साथीभाइ आफन्तहरु जम्मा हुँदै थिए। हतार हतार उठे । आज १ बजेको फ्लाइट आमा बहिनिले सबै समान सुड्केश मिलाई दिनु भएछ।सबैकुरा तयारी छ हिडनेबेला भइसक्यो तर एअरपोर्टमा को लिन आउछ ? कहाँ गएर बस्ने केहि थाहा छैन घरमा भनौ भने उहाँहरूलाइ चिन्ता धेरैबेर घोत्लिएँ। अनि सँगै पढ्ने बिनोद पनि अमेरिकामा नै थियो। फोन गरेर म आउने जानकारी दिए उस्ले नि आफू आउन नसक्ने तर उस्को साथीलाई लिन पठाउने आश्वाशन दियो। मनमा केही राहत भयो अब त्यहाँ पुगेपछि त जसरी नि राजुलाई भेटेर आफ्ना भावना गुनासा अनि माया सबै पोखाउँछु भनेर ढुक्क थिए। पर्खेर बसे,बस्ने ठाउँ पनि बिनोदले नै मिलाई दियो। उस्लाई राजुको बारेमा सोधे १ महिना भयो यो ठाउँ छोडेको थाहा छैन कता गयो भन्यो राजुलाइ खोज्नमा धेरै सहयोग गर्यो कतै केहि पत्ता लागेन। दिन बित्यो, हप्ता बित्यो ,महिना बित्यो,बर्ष नै बित्यो तर उसको अत्तोपत्तो केहि थिएन। ऊ कतै पनि संम्पर्कमा आएन ।दिन बित्तै गयो मौसम बदलिदै गयो समयनुसार मैले पनि उस्को मायालाई मन मै दबाएर जिन्दगी अगाडि बढाउन सोच्न बाध्य बनायो समयले । मैले मेरो मनतनबाट मात्र राजुलाई मेरी जीवन साथी सम्झिएको थिए, उसलाइ आफ्नो जिन्दगी सुम्पने अठोट गरेको थिए तर परिस्थिती आज अर्कै भईदियो मैले मेरो चोखो अनि पवित्र माया पाउन सकिन ।निरास भएँ मनभरिका बेदना आखाँभरिका आँशु लुकाए।मैले मेरो राजुलाइ नजिकैबाट चिनेको छु ऊ त्यस्तो मान्छे होइन कुन परिस्थितीमा ऊ फसेको छ। म सँग कुनै सम्पर्कमा छैन म अन्तर्यामी होइन कसरी बुझौँ उस्लाई। म मेरो शरीर बिनोदलाई सुम्पदै छु तर मेरो आत्म मेरो जीवनभर राजु सँग हुनेछ मात्र शारीरिक रुपमा विछाडिएका हौ हामी भन्दै आफ्नै मनलाई सम्झाउन विवश छु। बिस्तारै बिनोदसँगको समिप्यता बढ्यो। जवानी आईमाई एक्लै बिरानो ठाँउमा अमेरिकाको लाइफ अनि परिवेशमा बाँच्नको लागि मैले बिनोदसँग बिहे गरेँ। मनभरि राजुको माया सम्हालेर पनि बिनोद सँग दाम्पत्य जीवन बिताउन लागे। हाँसीखुसी नै हामीले हाम्रो जीवन अगाडि बढायौ कतै बाध्यताले, कतै बिबशताले, कतै परिस्थितीले अब जे भए नि अतीतलाई भुलेर बिनोदकै अर्धङिनी भएर जिन्दगी बिताउने अठोट गरेको थिएँ मैले।
अमेरिकाको बसाइ काम नगरि टिक्न सकिदैन दिनभरि कामको चाप, घरमा आउँदा बिनोद र म सँगै बसेर खाना खाने,फुर्सदमा सँगै घुम्न जाने,दिनचर्या एकदम राम्ररी चल्दै थियो। बिहेको एक बर्ष नहुँदै सुबिना जन्मिइन ।।अब हामीमा अझ अभिभारा थपिन गयो हामी दुबै जना अफिस जानु पर्ने म सुत्केरी भएको ३ महिना सम्म त राम्ररी घर छोरी अनि आफूलाई सम्हालेँ ।छोरी जन्मिएपछि मेरो धेरै समय उनीसँगै बित्न लाग्यो ।बिनोदलाई मैले उसले चाहेजति समय,माया दिन सकिन शायद उ यस्तै भन्थ्यो तिमीले मलाइ वास्ता गर्दैनौ, भन्दै उ दिन दिनै म देखि टाढा टाढा हुँदै थियो ऊ अफिसबाट फर्केपछि कि कम्प्युटरमा साथीहरुसँग बिजी हुन्थ्यो। कहिले आउनसाथ साथीहरुसँग नै कहिले पार्टी,कहिले डिस्को जाने गर्थ्यो उस्लाई बच्चा मन नपर्ने सधैं उस्को साथमा डु,ल्न घुम्न रमाइलो गरेन भनेर सधैं गनगन गर्ने,हुँदा हुँदै घरमा आउनै छोड्यो। कहिले १ हप्तामा १ पल्ट आउथ्यो फेरि पनि मलाई हतार छ भनेर हिडिहाल्थ्यो । कहाँ जादो रहेछ भनेर एक दिन हेर्न जादा अर्कैको बहुपासमा पाएँ। केही बोलिन रूदै फर्किएँ ! छोरी सुबिना रुदै रहिछ उस्को माया लागेर आयो धेरैबेर छातीमा टाँसेर रुइरहेँ। फेरि मन मान्दैन आफ्नो श्रीमान अर्काको बहुपासमा देखेर कुन चाँही आईमाई चुपचाप बस्न सक्ने रहेछ र ? फोन गरे उस्ले रुखो अनि कर्कश आवाजमा त आजबाट फोन नगर मलाई तलाईं अमेरिकामा ल्याएर दु:ख परेको बेला मैले सहयोग गरेँ। अब त आफ्नो सुर गर मेरो पछाडि लाग्ने होइन!सम्झे यो ठाउँ परिवेशले नि मान्छे बिग्रदो रहेछ शायद,यदि नेपालमा भईदिएको भए आफन्तले सम्झाउँथे,होला मेरी सानी छोरीले बाबाको माया पाउथी होला।हाम्रो सम्बन्धमा सुध्ररिएर फेरि बन्थ्यो झै लाग्यो। हजारौ कोशीस गरे केही लागेन।रोएँ, कराएँ, छोरीको लागि उ सँग मायाको भिख मागे मेरो सबै कोशिश नाकाम भयो।सोचे जीवन सबैको स्वतन्त्र हुनुपर्छ । मसँग उ खुसि हुन सकेन उ आफ्नो मर्जीले बाँचोस् उसको आफ्नो स्वेच्छाले फैसल्ला गर्यो मलाइ मेरो छोरीलाई रूवाएर गयो। मैले उसको मर्जी बिरूद्दमा केहि गर्न सकिन। बिवश भइ हामी आफ्नो आफ्नो बाटो मोडिन बाध्य भयौ।
यतिबेला झलझली राजुलाइ सम्झेको थिएँ।सोचाइको हिमश्रृङ्खलामा पालैपालो हिउँ वर्सिएझैँ थप्पथप्प खस्छ, मानसपटलमा।मनभरिका बेदना कस्लाइ सुनाउ झैँ भएको हुन्छ। धुजा-धुजा फाटेको मन लिएर धेरैबेर रूझिरहन्छे। मनमा डर त्रास,चिन्ता र आत्महिनता उ भित्र थिएन, थियो केवल छोरीको भविष्यको चिन्ता। फेरि पनि मनभरि आँट र सहास बटुलेर दुनियाका आफूभन्दा कमजोर महिलाहरूलाइ चियाउथी अनि उसमा सहासले मन गमक्क फुल्थ्यो आफूभन्दा दुखी यस्ता हजार महिला नि उसले देखेको थिइ । तिनीहरूलाइ हेर्दै म नि मेरो छोरीलाइ बाबा आमा दुवैको माया दिएर हुर्काउँछु भन्दै आफैंले आफैंलाई सान्त्वना दिइरहन्थी l जीवनका अप्ठेराहरुमा सबैभन्दा नजिक केवल आफ्नोलागि आफैं नै हुनुपर्दोरहेछ l यहि सोचाइमा रूमलिदै गर्दा एक्कासि फेसबुकमा राजुको मेसेज पाउछे।
प्यारी सुनु,
प्यारी भन्ने अधिकार त मैले गुमाएँ होला तर पनि तिमी मेरो प्यारी थियौ छौ र हुनेछौ। मेरो पवित्र प्रेमलाई मेरै अबुझ मनस्थितीले लथालिङ भताभुङ् पारेको थिएँ। आज त्यस्को सजाँय नि भोग्दै छु। जिउने क्रममा दौड्दा दौड्दै यस्तो घटना घट्यो। यो म तिमिलाइ बताउन सक्दिन। बाचा त हामीले जोडी ढुकुरको भएर जनम जनमसँगै जिउने खाएका थियौ, तर के भनौ जिन्दगी जिउने क्रममा जिन्दगीको हरेक पल बाँच्न खोजे झन् झन् दलदलमा फँस्दै गए । आज जिन्दगीबट हारेर दुखित भएको छु।आँशु नै जीवनको साथी बनाइ बाँच्न विवस छु। दैवको लिला भनौ या त समयको खेल,विधिको विडम्बना भनौ या मेरो अमेरिकन बन्ने चाहनाले यस्तो हुन गयो। आज बिगतमा तिमीसँग गरेको प्रेमले मनमस्तिकमा घच्घच्याउदा दुखित हृदयलाई सान्त्वना दिने उद्धेश्यले यी शब्दहरूको सहायाताले तिमी सम्म मेरो भावना पोख्न बिबश र वाध्य छु। जीवनमा केही पलहरु यस्ता आउँछन्, जसले आफूलाई सधैं रहस्यमा राख्छन्, थुप्रै प्रश्नहरु निरुत्तरित छाडेर जान्छन् । न सत्यको नजिक पुग्छन् न मनबाट हटेर जान्छन् मात्र मनभरि जिज्ञासाको थुप्रो बोकाएर । यस्तो परिस्थितीमा मैले जब मेरा लागि सबै बाँच्ने आधारहरू बन्द भएर बिचल्लीमा परेँ.....जब म एक्लो भएँ.....तब आँखा बन्द गरेर हृदयमा चिहाउदा त्यहाँ तिमै माया तिम्रो उपेक्षामा आफूलाइ लावारिस पाएँ अनि तिमीलाइ सम्झिएँ।मेरो सबै कुरा शब्दमा ब्यक्त्त गर्न सकिन्न केही कुराहरु मौनतामै बुझ न ल . तिमी महान छौ तिम्रो बिशाल हृदय मैले बुझेको छु तिमीले सच्चा प्रेमको परिभाषा पनि बुझेकी छौ किनभने मानब हृदयमा आगो सल्काउने यो समयले दिएको घाउ समयले नै पुस्छ भन्दै तिमीले नै मलाइ सम्झाएकी थियौ।मैले जे गरे जसो गरे त्यो नचाहँदा नचाहँदै गरे। सक्छौ भने मलाइ माफ गर।तिमी जहाँ जुन अवस्थामा भए नि मेरो माया सद्भाव अनि सम्मान तिमिलाइ सक्छौ भने माफ गर ल ।तिमी जे रोज्छौ मलाई स्वीकार्य हुनेछ । रोजाई तिम्रो भोगाई मेरो........
सुनु यति पढिसकेर नि:शब्द हुन्छे।आसुँ सकिएछ कि क्या हो ? भक्कानो भात्रै फुट्छ,मन निसासिन्छ तर आसुँ झर्दैन। एक्कासी उसको मन परिवर्तन भएर आउछ अनि हिम्तिलो बनेर राजुलाइ म्यासेजको प्रत्तिउत्तर लेख्छे।
प्रिय राजु,
यतिका समय बिती सक्दा पनि अझै तिम्रो स्मिर्तीमा रहेछु खुशि नै लाग्यो । मैले जुन आशा भरोसा विश्वाश लिएर तिम्रो मायालाई मनभरि सङालेर आफ्ना अनेकौ बाध्यता र बिबशतालाई पन्छाएर,घर परिवारको मायालाई लत्याएर तिम्रो विश्वाशमा परेर,यो परदेशी भुमिमा पाइला टेकेकी थिएँ। दिनरात तिम्रै आगमनलाई आँखाभरी सजाएर नि बर्षौ बिताएकी थिएँ। नयाँ ठाउँ , नयाँ मान्छे र नयाँ परिवेशमा कति तड्पिए,कयौँ घटना घटिरह्यो मेरो जीवनको मोड-मोड र गल्छेडाहरूमा कत्ति समस्याहरूसँग रुझे,भिजे कस्तो बिवश परिस्थितिमा लाचार बन्दै तिम्रो अनुपस्थिमा जीवनका अनेक चोटहरुले चिमोटेर अर्धचेतनमा अवस्थामा नै बिनोदलाई स्वीकार गर्न बाध्य बनी विवाह पनि गरेँ, तर उस्ले नि बीचमा छोड्यो कत्ति हन्डर,ठक्कर खाएर बाँचिरहें नचाहेर पनि समयको निस्ठुरतासँग जबरजस्ती लतारिइरहेँ। तिमिलाइ मलाई चोट दिनेबेला तिमिले सम्झियौ र? समयले आफूलाई पनि चोट दिन सक्छ भनेर.......मानिसको मन जति क्रुर हुन्छ त्यो भन्दा क्रुर त समय र नियतिको खेल हुनेरहेछ राजु। त्यतिबेला मात्र थाहा हुन्छ विगतमा आफूबाट के भएको थियो हो तेस्तै आज तिमिलाइ भयो तर साह्रै ढिला भयो हेर अन्जानमा भएका गल्तीहरुलाई माफी दिनु पर्छ, तर जानी जानी गरिएका गल्तीहरु अक्षम्य हुन्, कहिले माफी दिनु हुँदैंन म बाट माफि पाउने आशा नगर। यदि मलाई माया गर्छौ भने मलाइ अब भुलेर पनि नसम्झी दिनु ल।मेरो बाँच्ने आधार मेरी सुबिना छिन् उस्लाई पढाई लेखाइ एक सक्षम नागरिक बनाउने छु। कुनैपनि पुरुष बिना पनि महिलाले जीवन् यापान गर्न सक्छन् भन्ने उदाहरण बनेर देखाउने अठोट गरेकी छु।आशा छ तिमीले मलाइ बुझ्ने छौ।अब मैले जिन्दगीमा बाँच्न सिकेको छु ।फेरि तिम्रो मायामा फसेर आफू कमजोर बनाउन चाहन्न।फेरि म दुख्न चाहन्न. म जस्तै दु:खी र बेसहारा नारीहरूको हिम्मत त तागत बनेर बाँकी जिन्दगी गुजार्न चाहन्छु।आफ्नो स्वतन्त्रता कुठराघात गर्न चाहन्न। तिम्रै शब्दहरू दोहोर्याउँछु ...तिमी जहाँ जुन अवस्थामा भए नि मेरो माया सद्भाव अनि सम्मान तिमीलाइ मलाइ माफ गर ल ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼