मनको बयेली (कविता)
झरीको साँझ
रुझेको मन
निथुक्क भिजेका रहरहरू
अन्तस्करणमा उर्लिरहँदा
बादलको गड्गडाहटसँगै
भुइँमा बजारिन्छु
मौनतामा एक्लै
मनको रहर बाट्छु
मौनतामा बसूँ भन्छु
अनायासै फाट्छु
मौनतामै पागल बन्दै
हृदयका मधुर धुन सुनेर
हाँस्न नसके पनि
आँखाभरि बासन्ती सपना
सजाएर डुल्दैछु ।
रहरको बयलीमा रमाउँदै
आफैँमा परिवर्तंको लागि
निरिह निर्दोष मन
पिलन्धरे राग अलाप्दै
पर्दा लागेका मनका झ्यालबाट
चिहाउँदा
मनमथिङगल तताउँदा
उखुम गर्मीले
उकुसमुकुस हुँदा
आफैँलाई नग्याएर म
रहर ढाक्ने आंकक्षाले
आकास छुन
गतिशिल समयको
बेगसँगै बतासिँदैछु।
रूमानीरङमा
रूमलिँदै
जुनेली रातमा
प्रेमिलो रापले
लठ्ठिएर
रङ्गिन रङहरू छर्दै
बुँदबुँद मायाको
अदृष्य मोहनीमा
मस्त-मस्त छु।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼