Saturday, January 28, 2012

गजल

गजल
प्रिय तिम्रो बिश्वासघात भुलौँ भन्दैछु
जिन्दगीका रङ्गहरुमा घुलौँ भन्दैछु !

बैँसालु यी रहरहरू मनमा बोकेर
मखमली मुस्कानमा खुलौँ भन्दैछु!!

रूझाएर परेली यी तिमी टाढियौ
तिम्रै मनको मझेरीमा फुलौँ भन्दैछु !!

दृष्टि बद्ली नौलो श्रृष्टि रच्ने सुरले
पाइलाहरू नरोकेर डुलौँ भन्दैछु!!

बिरहको बेदनामा आँशु नझारी
हिम्मत र सहासले झुलौँ भन्दैछु !!

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼