अनायासै गोपाल जीको स्ट्याटसको मुक्तक देखेर जवाफ फर्काउने क्रममा फुरेका मुक्तकहरू:-
गोपाल रेग्मी
ढुङ्गो अघि थापी धूप बालेर देउता भन्छन मान्छेहरु
रामनामी भित्र राक्षस पालेर देउता बन्छन मान्छेहरु
साँच्चै देउता कस्तो होला अलमल्लमा पर्छु, किनकि-
मुसा डकार्दै हज हिंड्नेलाई 'नि देउता गन्छन मान्छेहरु
भगवती बस्नेत
ढुङो थापी देउता भए सबै पारी तर्थे होला
अज्ञानले रुदै रुदै किन पाउ पर्थे होला ।
हृदयमा देउता छन उपकारमा धर्म हुन्छ
सेवा भाव बोके देखि सबैको मन हर्थे होला । ।
समुद्रको ढुङ्ग्याँनमा मोति दाना बिन्न सके
अहंकारको द्रब्य बेची उपकार किन्न सके
बिष्णु हुन्थ्यो 'गोपाल' अनि 'भगवती' काली
हृदयमा स्थीर भई बस्ने आत्मा चिन्न सके ||
भगवती बस्नेत
मोती टिप्ने सीप रैछ् धन्य हुनु जगमा
सुगन्ध त्यो फैलिरहोस् माथि माथि नभमा !
शील स्वभव असल व्यबहार मानवको धर्म
सत्कर्मले खुशीयाली छरिन्छ नि सबमा !!
गोपाल रेग्मी
आदर्श र ब्यबहारको, राम्रो तालमेल हुनुपर्छ
देउता बन्ने इच्छा त्यागी, यथार्थलाई छुनुपर्छ
आफू हाँस्यो जगत हाँस्छ, रुँदा एक्लो हुन्छ मान्छे-
मनभित्र अविनाशी, आत्मा भेटा-उनुपर्छ ||
भगवती बस्नेत
जिन्दगीको जघार यो यथार्थ मै तर्नुपर्छ
शिशिरको तुषारोमा कठयाङ्रिदै सर्नु पर्छ ।
मान्छे हुन सक्या छैन देउता हुन सक्नु कहाँ
एक्लो यात्रा अघि सर्यो चिप्लिएरै झर्नु पर्छ ।।
गोपाल रेग्मी
एक्लै हिंड्दा लड़्छ मान्छे, लडेपछि घाऊ हुन्छ
लाग्छन दशा संसारमा, केतु, शनि, राहू हुन्छ
अँगालो त्यो उघारेर, बोलाऊ माया पुकारेर -
जिन्दगीको जंघार तर्न 'माया' नामको साउँ हुन्छ ||
भगवती बस्नेत
भर हुन्न भन्ने गर्छन् निस्वार्थ माया पाउन गार्हो
माया लाए छुट्ने छैन लेँक बेशी धाउन गार्हो !
मनको आँखा उघारेर खोजी रा'छु चोखो माया
मन मिल्ने आफू जस्तै संसारमा पाउन गार्हो !!
गोपाल रेग्मी
हिलो माथि फक्रिएको कमलको फूल जस्तो
दुई किनार प्रेमी जोड्ने सेतू, साँघु, पूल जस्तो
एकबार मिल्छ प्रीत संगालीदेऊ अंगालीदेऊ-
रुखो सुखो जिन्दगीमा बाहारको मूल जस्तो ||
भगवती बस्नेत
तिम्रो प्रीत लाग्यो मलाई खडेरिको मूल जस्त्तो
पहरमा फुलिरहने सुनगाभा फूल जस्तो !
टाढा पर्यो दुरी हजुर जंघार तर्नै गार्हो
छुने होइन देख्ने मात्र सजाएको तुल जस्तो !!
गोपाल रेग्मी
मैले प्रीत के माँग्थें नि सल्लाहको कुरा गरें
शिशीरमा एक्लै साथी, जिम्मेवारी पूरा गरें
हाइफा वरिपरी पनि, प्रेमी मन सराबरी -
मायाँ खोज्नु भने मैले 'आच्छा' भो कि 'बूरा' गरें ||
भगवती बस्नेत
मायामा नै संसार छ अच्छा नै हो बुरा हैन
हजुर जस्तो मनकारी अरु कुनै साथी छैन !
जिम्मेवार बहन गर्ने असल मित्र पाए आज
हाइफाको वरिपरी प्रेमिल ती मन पाइन !
गोपाल रेग्मी
बेला हुदै भन्दा मैले नसुनेरै अटेर गर्यौ,
कहिले यो, कहिले त्यो बहाना नै धेर गर्यौ,
आयौ बल्ल हाम्फाल्दै अहिले किन तिमी,
रेल अघि छुटिसक्यो तिम्ले साह्रै अबेर गर्यौ ||
भगवती बस्नेत
भाग्य नै यस्तै रैछ् धोका दियो समयले
दु:ख मात्र दियो मलाई खुशी लियो समयले ।
भेट्टाउँछु कि भनी सोच्दै हाम्फाल्दै थिए
सपना सबै जलाएर हाँस्दै जियो समयले ।
गोपाल रेग्मी
पर्खिबस्दा तिमिलाई परेली यी ढली सके
मनमा फूल्ने चेरी फूल चिन्ताग्निमा जली सके
यो जीवनको यौटै प्रीत, पर्खी बसें बाटो कुरी -
बल्ल आयौ प्रियतम मेरा नाडी गली सके ।
भगवती बस्नेत
सुम्सुम्याउला मायाले नै तिम्रो नाडी गलेपनि
मनको फूल फुलाई रहनु दिन धेरै ढलेपनि ।
अजम्बरी बन्ला प्रीत तिम्ले साथ दियौभने
धैर्य गर्छु मनभित्र ज्वारभाटा चलेपनि

No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼