Thursday, February 9, 2012

गजल


गजल



बेहिसाब चल्यो जीवन चल्न दिएँ सधैँभरी
विरहमा जल्यो जीवन जल्न दिएँ सधैँभरी

अधेँरीमा जून बनी सल्बलाउँछौ अंगअंग
कल्पनामै ढल्यो जीवन ढल्न दिएँ सधैँभरी

जिन्दगानी घायल छ सङ्घर्समै पाइलापाइला
सम्झौताले छल्यो जीवन छल्न दिएँ सधैंभरी

आशैआशको लहरामा अल्झिएको जिन्दगानी
नुहेर नै फल्यो जीवन फल्न दिएँ सधैंभरी

सत्कर्मको बाटो सधैं कष्टकरै लाग्ने गर्छ
चुनौतीमा गल्यो जीवन गल्न दिएँ सधैंभरी

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼