गजल

संघर्ष यो कस्तो भन्ने भोग्दै जाँदा जानेँ
जहाँ बसे, त्यही रमेँ ,सबै आफ्नै मानेँ
निस्सारमा खुल्दै आएँ, काडाँ फुल्न सिके
सबै भए दिन रोज्ने बाँकी रात छानेँ
जिन्दगीको जङ्घार यो रुझ्दै-भिज्दै तरे
खुट्टा तान्ने सबैलाई अझै नजिक ठानेँ
थुकी हिड्यौ ,कुल्चि गयौ, निमपात थिएँ
गुण यसको बुझे पछि धेरै भए लानेँ
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼