गजल

आँधी हुरी छिचोलेर बतासिदै डुलेको छु
अनगिन्ती चाह बोकी बिरानीमा भुलेको छु
उकाली र ओरालीमा पसिनाको धारा बगाइ
काँडै-काँडा बीच पनि नमुर्झाइ फुलेको छु
जति बुझ्यो बुझ्न गार्हो जिन्दगीको परिभाषा
भोगाइका रङ्गभित्र रमाएर घुलेको छु
सपनाको पहाड सजाइ धानको गावा जस्तै रोप्यौ
फुल्नु फल्नु जिन्दगीको रित सम्झी झुलेको छु
मैन थिएँ,समयको शासनले ,ढुङगा बनेँ
चुपचाप किनारमा युगौँदेखि खुलेको छु
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼