Thursday, April 5, 2012

पताले छागो (कविता)


पताले छागो (कविता)
अप्सराजस्तो पहाड फोडेर
निर्धक्क निश्चल
निस्कंलक
मनमौजी बग्दै

हरिया घाँस वृक्ष -लतिकाहरुमा
लुटुपुटिदै
बुट्यानहरुसँग पौठेजोरी खेल्दै
कतै झरना बनी छङ्छङ् गर्दै
कतै छहरा बनेर तप्पतप्प रसाउँदै
भूमिगत भई पातलमा सुरुङ बनाउँदै
कायाकल्पदेखि कायापलटसम्म अजर,अमर,अडिग भएर
मनोरम सौन्दर्यमा सजिदै
सदाबाहार एक टक्कले
सगौरव मुस्कुराइ रहेको छ !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼