Thursday, April 5, 2012

फूलको चाह( कविता)


फूलको चाह
  फूलहरुको सुगन्धले उमंग फैलिदै छ
 आधुनिक युगको मुटुभरी ,
सपनाको रंग बोकेर
 लोभ लाग्दा घाम
रहर लाग्दा जून निलेर
निर्निमेष हेराइमा
भौतिक प्यासको
अनन्त यात्रामा
समबेदना र सद्भावना सँगाली
अभय समगको
आडमा निर्धक्क फुलेर
अनगिन्ति जंघार तर्दै
थुप्रै भंगालोहरु पुरेर
नया युगकोशंखघोष गर्न भगिरथ प्रयासरत छु ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼