Friday, April 13, 2012

गीत

गीत

दुरदेशमा एक्लै हुँदा सम्झनामा फेरि रोएँ
झझल्कोले सताउदा तिम्रै तस्बिर हेरी छोएँ



याद रैछ जिन्दगानी नमेटिने कसैगरी
सपनामा बिपनामा तिम्रै छाया वरिपरी
एकान्तमा तिम्रै भाखा सुसेलीमा गाई रहें
मुटु दिए तिमीलाइ बिरानीमा एक्लै भएँ

बर्सौ भयो छुट्टिएको यौटा आशा बाँचेकोछु
देउरालीमा कसम खाई लाको प्रीति साँचेकोछु
कहिले रोएँ सम्झिएर कैले फेरि भुली रोएँ
मनभरिका सारा बह आशुलेनै यसै धोएँ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼