Monday, April 30, 2012

मुक्तकहरू

प्रतिकृया:- 
मुक्तकहरू


घृर्णाले त कैले पनि घृर्णाको अन्त्य गर्ने होइन
अहंकार बोकी पुज्छौ ईश्वर कुनै अर्थ छैन !
प्रेम, दया,करुणाले हुन सक्छ घृर्णा कम -
आफै जान आफै बुझ अर्ति बुद्धि दिनु भैन !!
हिड्छु म सधैँ दुरुह मार्ग संघर्षै चुन्छु म
हौसल्ला देउ, सहास देउ आकाशै छुन्छु म !
सम्हाल्यौ भने बसन्त बहार हुने छ तिम्रो नै-
स्व-विवेकले सबैलाई हुने योजना बुन्छु म !!

भुँभुँ गर्छ भँमरा नि फूलको साथ नपाएर
रूदै बस्छ चखेँवा नि जूनको साथ नपाएर !
 मौसमझैँ बदलिँदा मान्छेको मन क्षणभरमा
विरहमा रुन्छ न्याउली उनको साथ नपाएर ।।
माया पाए मोतिसरी टल्कनेछ मान्छे
चाख्न पाए प्रेमानुराग पल्कनेछ मान्छे !
सिमलको भुवा जस्तै उडिरन्छ मन -
साथ पाए सुमार्गको झल्किनेछ मान्छे ।।

दुनियाँको रीत देख्दा बितृष्णा जागेर आउँछ
मेरा हजार सपनाको माया लागेर आउँछ !
सोचे जस्तो खोजे जस्तो नभैदिँदा जीवन -
मन भित्रका आवेगहरु सिमा नागेर आउँछ !

1 comment:

  1. Hello! My first visit, will visit you again. Seriously, I thoroughly enjoyed your posts( really interesting blog). Would be great if you could visit also mine...Thanks for sharing! Keep up the fantastic work!

    ReplyDelete

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼