Wednesday, May 9, 2012

गजल


   गजल

नफक्रिदैँ कोपिलामा ओइलाएर झर्नु हुन्न
मनको रहर मनै भित्र गुमस्याएर मर्नु हुन्न

धीरताले सौम्य अनि शान्त बन्छ मान्छे
आत्तिएर बर्खे भेल अन्धाधुन्ध तर्नु हुन्न

अँध्यारोलाई नसरापी एउटा दियो बाल्नु बरु
रिस,राग आवेशको भुमरिमा पर्नु हुन्न

फुल्छ फूल अवश्यनै गोड्मेल राम्रो गर्दा 
कोपिलामैँ सुगन्धको आशा धेरै गर्नु हुन्न .

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼