शुभकामना गजल
दुई दिने जिन्दगानी प्रकृर्तिको उपहार
जन्मेको हो एकैपल्ट मनाउनु छ बारबार
कोमल बन फूल जस्तै नरमपन भुवा जस्तो
सुख,दु:ख आँशु,हाँसो गर सानु स्वीकार
सहि मार्ग पहिल्याउनु आत्मबिश्वास दृढ राखी
नबिर्सिनु कर्तब्यलाई मिल्छ आँफै अधिकार
दया,माया सेवा भाव आदर,सत्कार नभुलेर
दुख्ला कतै अरुको मन हुनु सधैं होसियार
मुस्कुराउदैँ अघि बढ रमाउँछु म क्षितिज पारी
स्वतन्त्रभै चुम्नु लक्ष्य यही तिम्रो अभिभारा
*प्यारो छोरा प्रयास 19th birthday आज may 11 तिम्रो जन्मदिन समय र परिस्थितिले आज तिमीबाट
धेरै टाढा छु। तरपनि प्रबिधीले संसारलाई नै सानो बनाएको छ यहि प्रबिधीको
सहायताले टाढैबाट भए पनि तिमीलाई मनभरिको असिम माया ममता,शुभआशिर्बाद,
उन्नती प्रगती सु-स्वास्थ्य, दीर्घायू, उत्तोरोत्तर प्रगतीको कामना गर्दै
जन्मदिनको लाखौं लाख शुभकामना दिन चाहन्छु।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼