Saturday, May 19, 2012

गीत

गीत 

एक-अर्कामा सद्भभाव र माया नमारौँ
अखण्ड यो नेपालमा सीमा नबारौँ

बहुजाति बहुभाषी धर्म बिबिधता
अनेकतामा बाँधिएर गरौँ एकता
भाई फुटे गवार लुटे भन्ने नपारौँ
मात्रृभूमी अखण्डलाई सीमा नबारौँ

तराई,पहाड,हिमाल सबै मातृभूमि छाती
अन्याय र भेदभाव नहोस् कैले कसै माथी
सुन्दर यो फूलवारीलाई दुषित नपारौँ
अखण्ड यो नेपालमा सीमा नबारौँ .....

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼