Thursday, May 17, 2012

मुक्तक

प्रतिकृया:- 


मुक्तक
जिन्दगानी उर्ली आउने सागरको छाल हो कि
समस्याले जेलिएको माकुराको जाल हो कि ?
आँधिहुरी,घामपानी सहेर नि पलपल
मन्द मन्द चलिरने कछुवाको चाल हो कि ??

एउटै घरका दाजु भाइ अंश माग्न थालेपछि
पालै पालो सड्कमा टायर बाल्न थालेपछि !
भूगोलले सीमा नाघी विश्व एकै हुँदै गर्दा -
कैले शान्ती जातजातीमै घृर्णा पाल्न थालेपछि !!

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼