Wednesday, June 6, 2012

जून २ को बनभोजको स्पर्श



बिहानीको किरण झ्यालबाट अघि नै चिहाइसकेछ ! हतार हतार उठे ! आज त १ महिना देखि कुरेको दिन !अनेसास इजरायल च्याप्टरले आयोजना गरेको बनभोजको कार्यक्रम ! खुशी र उत्साहले खुटा भुइँमा छैन !सबै काम छिट्टै सकाएर तेल-अभिवको जाने तर्खरमा लागे।हतार हतार तखनातिर निस्किएँ ! आज शनिवार सबात् सवारी साधन पाउनै गार्हो  । हाम्रो संसार डट नेटको सम्पादक
उद्वव तमाङ भाई पनि सँगै जाने कुरा थियो ।दिदी भाई सँगै जान पाइने भयो रमाइलोसँग तेल अभिब पुगिने भयो भनेर एकदम खुशी हुँदै भाईलाई फोन गरे ! भाईले आउँदै छु दिदी भन्नु भयो कुरेर बसे। सिरुत भरियो भाईको फोन पनि आयो मलाई आझै एक एकछिनईम लाग्छ सिट छैन भनेर सोध्नु भयो।मैले छैन सिरुत हिडाउन लाग्यो भने भाईले हुन्छ जादै गर्नुस् भन्नु भयो ! म सिरुतको पछाडिको सिट बसे अनि मनमा बिभिन्न कुरा खेलाउँदै कानमा एअरफोन कोचेर संगीतमा मस्त हुँदै बसे ! सिरुतको कतै ठुला ठुला घरबाट हुइकिन्थ्यो त कतै सागरको निलो छेउबाट हुइकिन्थ्यो ! नजिकै बसेका दुई काला जातिका मान्छे पनि घरी घरि घुरिरहन्थे !७० जना जति आउने कुरा थियो को को आउने हो को को सँग भेट हुने हो भन्ने कौतुहलता मनभरि थियो । यत्तिकै मा मेरो साथी चन्दाको कल आयो कहाँ आइपुगिस् भनेर सोधी ! आइपुग्न लागे तयार भएर बस भने ! एकैछिनमा सिरूत तेलअभिव आइपु्ग्यो।एडभान्सनेर रोकेर ओर्लिएँ।त्यहाँ हरि जी , सुमन जी , कुमार पौडेल जि , दीप्स जी, कृष्ण जी लगायत धेरै  साथीहरु अघिनै जम्मा भईसक्नु भएको रहेछ !

डिजिटल भलाकुसारी मात्र भएको निर्मला खड्का सिस । अरु धेरै साथीहरु देख्न भेट्न् पाउँदा अत्यन्त खुशी हुँदै  सबैमा एक नजर घुमाए !  सबैको अनुहारमा खुशीको छ्नक देखिन्थ्यो !धेरै समयको अन्तरालमा नयाँ पुराना साथीहरुको भेटले होला। मेरो मन पनि रमाएको थियो। कोही गफमा मस्त देखिन्थे कोही एकर्कामा अङ्कमाल गर्दै थिए ! कोही  बनभोजको समान एड्भान्सबाट  ओसार्दै थिए ! मैले पनि समान ओसार्न सघाएँ !धमाधम साथीहरु आउने क्रम चलिरहेको थियो। लगभग ४० जना जति जम्मा भएपछि हामीले बनभोज जाने स्थानमा जानको लागि १६ नम्म्बरको  सिरुत रोक्न लाग्यौ ! एक सिरुतमा १२ जना आटाउने रहेछ ! पालै  पालो सिरुत रोक्दै समान चढाउँदै  साथीहरुलाई पठायौ ! कृष्ण जी, हरि जी बाँकी  साथीहरुलाई कुर्दै हुनुहुन्थियो ! म दीप्स सिस ,हरी अधिकारी जि अनि अरु केही साथीहरु बनभोज  स्थलतिर लाग्यो ! अनेसास इजरायल च्याप्टरले आयोजना गरेको कार्यक्रम सफल बनाउने धुनमा थियौ ! तेल अभिव भन्दा दक्षिनतिर १५ मिनेटमा नै पिक्निक स्पोर्टमा पुग्यौ ! पहिले जाने साथीहरु अनि सिधै आउने साथीहरु जम्मा भएर गीत बजाइ रहेका थिए !कोही सलाद बनाउँदै थिए ! सबैको अनुहारमा खुशीको चमक थियो ! पिँजडामा थुनिएको चरीझैँ  उकुसमुकुसमा बसेका हामीहरु आज खुला आकाशमा  आफ्ना प्रीय मित्रहरुको साथमा रमाउन पाउदाको रौनक अर्कै थियो !



शनिवार इजरायलीहरुको बिदाको दिन उनीहरु बिदाको दिनमा शान्त बस्न मन पराउँछन ! एक्कासी एरियाको पुलिस  आएर यो बजाउने आज शनिवार यहाँ म्युजिक बजायौ भने बजाउने सामान पनि लैजान्छु ! फाइन पनि तिराउछु भनेर गयो ! ठाउँपनि उस्तै उब्ड्याङ खब्ड्याङ थियो !फेरि आफ्ना पोका पन्तरा बोकेर  अलि मास्तिर अर्को ठाउँमा लाग्यौ ।  गर्मिको समय भए पनि शिरिशिरी बतासले बातावरण सुन्दर,शान्त अनि रमणिय देखिएको छ !अलि मास्तिर अझ रमाइलो ठाउँ रहेछ नजिकै पानीको पोखरी पनि रहेछ !रुखहरु पनि ! पिक्निकको लागि ठुलो र फराकिलो पार्क, पार्कको बीचमा  एक छेउ देखि अर्को छेउसम्म जोडिएको पीच गरिएको गोरेटो बाटो अनि त्स्माय चलिरहेको माइक्रो रेल त्यस्मा चढेर यात्रा गरिरहेका मानिसहरु यी सबै मनमोहाक दृष्यले मोहनी लगाइरहेको थियो।

साथीहरु धमाधम जम्मा भईरहेका थिए !बनभोज कार्यक्रम भए पनि पहिले छोटो औपचारिक कार्यक्रम भएको हुँदा अनेसासको ब्यानर टाँस्नको लागि एउटा रुखमा चढदैँ थिए !जे होस् चौरमा नै भए पनि कार्यक्रमको तयारीमा साथीहरु धुमधड्काका  साथ लागेका थिए !कार्यक्रममा नवनियुक्त राजदुतको उपस्थिती नभएको हुँदा उहाँको पर्खाइमा रहुन्जेल परिचय कार्यक्रममा ब्यस्त भयौ ! परिचय कार्यक्रम सकिदा पनि सर नाइपुगेको हुनाले लक्ष्मी पोख्रेल सिसलाई गीत गाउनुस् भनेर अनुरोध गरियो । उहाँले आफूले आफ्नो देश अनि छोरा छोरीलाई छोडेर आउनु पर्दाको परिवेशमा फुरेको गीतले म लगायत सबैलाई भाव बिब्हल बनाउनु भयो ! यसै समयमा महामहिम राजदुत प्रलाद कुमार प्रसाइ ज्यूको पनि आगमन भयो !त्यस्पछि कार्यक्रम संञ्चालक दीप्स शाहले आशन ग्रहनबाट कार्यक्रम सुरुवात गर्नु भयो !आशन ग्रहणपछि  कार्यक्रम राष्ट्रिय गान सँगै प्रारम्भ भएको थियो।  उपस्थित सम्पूर्णलाई स्वागत गर्नको लागि  मलाई निम्त्याउनु भयो ! धेरै बर्ष पछि  मान्छेको अगाडि गएर बोल्ने बानी छुटेको पनि डर लाग्दै भए पनि सबैलाई स्वागत गर्न पाउदा हर्षानुभूति महसुस गरेको थिएँ । मेरो स्वागत मन्तब्य यस्तो थियो।


 यस कार्यक्रम सभापति ज्यु , यस कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदुतावास इजरायालका नवनियुक्त महामाहिम राजदूत श्री प्रलाह्द कुमार प्रसाइ ज्यू, अतिथी सयुक्त राष्टसंघका नेपाली प्रतिनिधि डा. ध्रुर्व कोइराला, अतिथि रमेश प्रशाद खनाल अनेससक सलाह्कार कृष्ण ज्ञवाली ज्यू , अनेसासका केन्द्रिय सचिव हरी मानन्धर ज्यु !अनेसास च्याप्टरका पदाधिकारीहरु, बिभिन्न संघसस्थका प्रतिनिधि ज्यूहरु
पत्रकार साथीहरु साहित्यकारहरु, कलाकारहरु साहित्य अनुरागीहरु अनि यस कार्यक्रममा उपस्थित सम्पूर्णमा अनेसास इजरायल च्याप्टरको यस् कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु !


देशको अस्थिर राजनैतिक कारणले उब्जिएको भयाबह बेरोजगारीको समस्याले पिल्सिएर हामी बिदेशिन बाध्य भएको छौ !बिदेशिनुको पीडा एकातिर छदैँछ !तर पनि हामी विश्वको जुन ठाँउमा पुगेपनि हामी नेपाली ,हाम्रो बिचार  नेपाली हामीले हाम्रो पहिचान हाम्रो भाषा सस्कृति आँफैसँग लिएर हिंडेका हून्छौ !नेपाली भाषा र संस्कृति नै हाम्रो पहिचान हो ! हाम्रो प्रश्न हो !उसो त नेपाली साहित्यको लागि इजरायल उर्बर भूमी भएको छ ! यहाँबाट दर्जनौ कृर्तिहरु निस्किसकेको छन् !अझै दर्जनौ कृर्तिहरू प्रकाशोन्मुक अवस्थामा रहेका छन् !साहित्यमा आफ्नो लगनशिलतासँग लाग्ने सम्पूर्ण सष्टाहरूलाई मेरो नमन !


लिटेचर इज द मिरर अफ द् सोसाईटी । साहित्य  समाजको ऐना हो ! यसले मानिसलाइ अनुशासित  र सिक्षित बनाउँछ ! एकअर्कामा  मेलमिलापको भावना बढाउँछ !कला साहित्य र संगीत बिना जीवन अधुरो अपुरो हुन्छ ।नुन बिनाको तरकारी झै हुन्छ ! यहाँ उपस्थित मध्ये हामी कति गीतकार छौ, कति कलाकार छौ कति कवि ,गजलकार मुक्तकार कथाकार छौ।
साहित्यमा नै हामीले बौद्धिकता र कलात्मकता एकैचोटि प्रस्तुत गर्न सक्छौ ! यसैले आ आफ्नो रुचि अनुसार हामी सबै संगीत मा लागौँ कलामा लागौँ साहित्यमा लागौँ । हाम्रो भाषा र साहित्यको जगेर्ना गरौ !
नेपालीहरुको गहनाको रुपमा रहेको आपसी सद्भाव, सहिष्णुता सहअस्तित्वको भावना राखेर अगाडि बढौँ ! भन्दै..आफ्नो अमूल्य समयको प्रवाह नगरी हाम्रो आतिथ्यलाई स्वीकार गरी यस कार्यक्रमको शोभा बढाइ दिन पाल्नु हुने महामहिम राजदूत, अतिथिहरु लगायत उपस्थित सम्पूर्णमा हृर्दय देखि नै स्वागत गर्न  चाहन्छु ! स्वागतम स्वागतम सुस्वागतम !



यसरी मन्त्ब्य सकेर पछाडि गएर उभिए। कार्यक्रम चलिरह्यो। बक्तब्यको क्रममा  नवनियुक्त राजदुतले प्रशाईले आफू पनि पहिले आफूपनि अनेसासमा सम्बद्ध थिए। साहित्य उत्थानमा   आफू पनि सधै लागि परेको  हुदाँ इजरायलमा पनि साहित्य सृजनाको बिकासलागि  आफूले सक्दो सहयोग उपलब्ध गराउने जानकारी दिनु भयो साहित्यको उत्थान र बिकासको सक्दो सहयोग गर्ने अश्वासन दिदैँ   प्रबासमा रहेको नेपालीहरु र नेपाली दुताबास बीचको  सम्बन्ध नजिक हुनुपर्छ यहाँहरुको प्रवासको हरेक समस्याहरु हामीसँग राख्न् सक्नु हुन्छ  । दुताबास बिदेशिएका नेपालीहरुका लागि अभिभावको रुपमा स्थापित भएको हुन्छ कुनै समस्या परे समाधानका लागि सक्दो पहल गर्न नेपाली राजदुतावाश सदैव  तल्लीन हुन्छ !  नेपाली दुताबास इजरायल  तपाईहरुको अभिभाकत्व ग्रहण गरेर बसेको छ ! तपाईंहरुलाई  कुनै पनि  सम्मस्या परे हामी बसेर ती समस्यालाई समाधानका लागि तत्पर हुने कार्य गरौ । पासपोर्ट बनाउने मात्र हाम्रो काम होईन हातेमालो गरेर पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्दे देशको उन्नती र प्रगती लागि केही गरौँ साहित्यको माध्यम बाट हुन्छ कि वा अन्य कुनै माध्यमबाट हुन्छ सँगै मिलेर अघि बढौँ,भन्दै उहाँले आफ्नो सार्गार्भिक मन्तब्य ब्यक्त गर्नु भएको थियो  ।







 राजदुतलाई अनेसासकोबारेमा प्रकाश अनि बिशेष स्वागतार्थ  कुमार पौडेलले उहाँलाई हृर्दय देखि नै स्वागत गर्दै यो भन्दा पहिलेको राजदुतले अस्वस्थताको कारण हो कि किन हो यहाँ रहेका नेपालीहरु प्रति त्यति धेरै चासो नदेखाउनु भएकोले अहिले आउनु भएको नव नियुक्त राजदुत समक्ष हामी बीचको दुरी नहोस् हाम्रा समस्याहारु खुलेर यहाँहरुसँग राख्न्  पाइयोस भन्ने जस्ता कुराहरु अनुरोध गर्नुका साथै नेपाली कला संस्कृती र भाषालाई नबिर्सी अघि बढन आग्रह पनि र्गनु भयो।

कार्यक्रमको बीचमा कल्पना भावुकको स्मृतिको पानाहरुको बिमोचन कार्यक्रम भयो।महामहहिम राजदूत प्रल्लाद कुमार प्रसाइ, उपनियोग प्रमुख रमेश प्रसाद खनाल र सभापति कृष्णपक्ष थापा ज्यूको बाहुलीबाट पुस्तक बिमोचन भयो।आफ्नो पहिलो कृतिको बिमोचनमा आफू आउन नपाएको दु:ख ब्यक्त गर्दै कल्पना भाबुक जि ले आफ्नो मन्तब्य फोन बाट नै दिनु भएको थियो ! कार्यक्रम मा बक्तब्यको क्रम चलि नै रह्यो। बक्तब्यमा संयुक्त राष्ट संघ नेपाली प्रतिनिधि  धुर्ब कोइरालाले  उपनियोग प्रमुख रमेश प्रशाद खनाल  लागायत अरु थुप्रैजनाले बोल्नु भएको थियो !औपचारिक कार्कोयक्रमको अन्ततिर दिप्स शाह ले आज सम्म अनेसासाले गरेका बिगतका साहित्यिक यात्राहरुको उपलब्धिमुलक  कामहरुको चर्चा गर्दै  र इजरायलबाट प्रकाशित कृर्तिहरुको बारेमा बोल्दै स्मृर्तिको पानाहरु मुक्तक सङ्ग्रह इजरायबाट प्रकाशित दसौ कृर्ति रहेको बताउनु भयो ! साहित्यमा लागेका हामी आफैले नै साहित्यको बारेमा पहल गर्नु पर्छ भल्दै हामी सबै एक-ढिक्का भइ बढ्नुपर्छ हाम्रो भाषा र साहित्यको जगेर्ना गर्नुपर्छ भन्नु भयो  !कार्यक्रम अन्तमा कृष्ण पक्ष थापा ज्युले औपचारिक कार्यक्रम बिसर्जन गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो !


 कार्यक्रम चलिरहदा देखि नै कतिपय साथीहरु पखेटा पोल्नमा ब्यस्त थिए !भने कतिपय ३,४ घण्टाको छुट्टीमा  मात्र आएको हुनेले घर फर्कन आतुर देखिन्थे ! कार्यक्रम निर्धारित समयमा सुरु नभएकोले पनि यस्तो समस्या आएको थियो !औपचारिक कार्यक्रम पछि खानपिनमा लाग्यौ !हामी २, ४ जना हाम्रा पाहुनाहरूलाइ खाना खुवाउनमा ब्यस्त भयौ ।  खानामा खिर ,पुरी,जेरी,केराउ,आलुको अचार काउली आलुको तरकारी, पिता खुमुस, सलाद,पोलेको कुखुराको पखेटा थियो ! खानपिन सकेर फेरी अनौपचारी कार्यक्रमतिर लाग्यौ !  मिठो भोजन पछि पुनः कार्यक्रमले निरन्तरता पाएको थियो भने बिभिन्न साहित्यिक मनहरुले कबिता, गज़ल वाचन गरि आ-आफ्ना प्रतिभा पस्कनु भएको थियो भने यसै गरि राष्ट्रिय भावले ओत-प्रोत गीत गाइ असफल थापा र ओम प्रसाद प्रसाईले बातावरणलाइ अझ रंगिनमय बनाएका थिए। साहित्यिक रचना वाचनको क्रम अझै भए पनि समय अभावको कारण अन्तमा एउटा गीत गाएर नाचेर कार्यक्रमको अन्त गरिएको थियो !कार्यक्रमको अन्त सम्म हाम्रा अतिथिहरुको साथले कार्यक्रम सोचे भन्दा धेरै राम्रो भयो !


बनभोज स्थलको वरपरको निला सेता सिरिसका फुलहरु फुलिरहेका थिए ! सिरीसिरी बतासले रुखका पातहरु हल्लिएर हामीलाई नै स्वागत गरिरहे झैँ भान हुन्थियो !नजिकै रहेको पोखरीमा घामको प्रकाशले सप्तरङी किरण छरिरहेको   थियो डिजिटल    दुनियाँमा मात्र देखेका कति अनुहारलाई प्रत्यक्ष देख्न अनि अनुभुत पाउँदाको क्षण अत्यन्तै उल्लासपूर्ण थियो ! मेरा आत्मिय धेरै साथी मध्ये लक्ष्मी र लीला सिसको उपस्थितिले म अझै फुरूङ्ग थिएँ।


यस्तो रमणीय वातावरण फेरि हाम्रा अतिथिहरुको अन्तिम सम्मको साथ यस्ता दिनहरु जिन्दगीमा बिरलै आउँलान ! प्रर्देशको बसाइँमा गाडेर्नको खुला चौरमा यति लामो शिष्ट र सभ्य कार्यक्रम पहिलो पल्ट सफल भए झैँ भान भएको छ !स्मृर्तिको पानाहरू बिमोचनको स्मृति जीवनभर रहनेछ।यी बिबिध  कारणले जून २ को अनेसासले गरेको बनभोज कार्यक्रम अबिस्मरणिय भएर रहने छ !



कार्यक्रम यति रमाइलो भयो कि कातिबेला ५ बजेछ पत्तै भएन ! काममा फर्कनु पर्ने भएकोले सबैसँग बिदा मागे, फर्कने बेलामा बिमला अनि सुनिता सिसको साथमा हातमा एउटा एउटा पेस्पी कोला, जुस लिएर फर्कियौ !अत्यन्तै मिलनसार स्वभावक दुई बिमला र सुनिता सिस मलाई अति प्रिय पनि लाग्छन्। अझ केहीसमय देखि नारी दर्पणकी संचालक बनेर हामी माझ महिलाहरुको हक अधिकार अनि उनीहरुलाई चेतना अभिबृर्दि गर्ने काममा लागि पर्नु भएको छ सुनिता सिस उहाँको यो कार्य प्रति  म अत्यन्तै खुशी भएको छु ! हामीले आफ्नो कामको बारेमा अनि भोलि  हामीले अब नेपाल गएर के गर्ने भन्ने सल्लाह गर्दै तेलअभिव सम्मसँगै आइपुग्यौ र आ- आफ्नो  गन्तब्यमा लाग्यौ ! ढिला भैसकेकोले म  हतारिदैँ सिरुतमा चढे ।आज धेरै दिनको पर्खाइ पछि समदर्शी काँइला दाजुको म अमेजनको उकालो बग्छु पाएको थिए ! समा राहुत दिज्जुलाइ मुरी मुरी  धन्यवाद दिएँ। अर्को एकदमै मिलनसार अनि आत्मिय दिज्जु कृष्णकला बनेमको बिर्सिएका गीतहरु पनि माया गरेर दिनु भएको थियो !अनि भर्खरै बिमोचन भएको कल्पना भावुकका मुक्तक संग्रह स्मृतिको पानाहरु पनि थियो तीन वटा किताव हातमा थियो। थकाईले निद्रा लाग्न खोजे पनि  कानमा एअरफोन राखे।गीत... गोरेटो अनि उस्तै छ गल्ली तिमी कतै बदलियौ कि,आकाश उही धर्ती  उही छ तर तिम्रो मन बदलियो कि.... भन्ने गीत बज्दै थियो म भने आँखा कितावको पानामा लगाउँदै मौन थिए  ।हाइफा नजिकै आईपुग्दा बल्ल टाउको उठाए  अनि अर्को सिरुत चढेर नेभेशनान पुगे ! ती रमाइला क्षणहरु आँखामा सजाउँदै लिफ्टमा  चढे ! म घरभित्र घरभित्र  पुग्दा ८ बजेको थियो ! बूढीआमा मेरै पर्खाइमा मेरै बाटो हेरेर बसेकी थिइन्। उनलाई खानपिन गराएँ। आफू पनि खाना खाएर पल्टिएकी थिएँ, कति बेला निदाएछु पत्तै भएन !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼