!!शुभकामना !!!
नविन जीवनको आरम्भमा
प्रेमको अथाह सागरमा डुबुल्की मार्दै
मनमा दृढ संकल्प
अटुट विश्वाश बोकी
सुमार्गको बाटो पहिल्याउनु
संघर्षको अनवरत यात्रामा
हिम्मत,आँट र सहास कायम गरी
जीवनका उकाली ओरालीमा
स्वच्छ बिचार,शुद्द मन लिएर
स्वाबलम्बनको बाटोमा अडिग रहनु ।
असंख्य चुनौतीका बाबजुध
जीवनको रङ्गिन सपना
सप्तरङी रङमा रङ्ग्याउँदै
आश्थाको थुङो लर्काउँदै
स्निग्ध मैनबत्तीको शिखाझैँ बलेर
मनका आँखाभरी
चेतनाको बिज उमार्नु !
अन्धकर हटाउन
आकाशको तारा चम्किएझैँ
दुखी,गरिव,असहायलाई
तिम्रो कोमल हातले
न्यानो साथले सुम्सुम्याउनु
सुनगाभाझैँ भीरमै फुलेर
कमलझै हिलोमा तैरिएर
आफ्नो सुगन्ध,सुन्दरता छरिरहनु ।
ठुलालाई सम्मान गर्दै
सनालाई माया गर्नु
फूलझैँ कोमल,नदीझै गतिशील
सागरझैँ शान्त,सौम्य
पहाडझैँ अटल बन्दै
हिमालसरि मुकुराउँदै
कमिला,मौरीलाई हेरी
आफ्नो गन्तब्य रोज्नु।
दुबोझै मौलाउनु
आफ्नो कृर्ति फैलाउनु
आफू हाँस्दै,अरुलाई हसाउँनु
ओठमा सदा मुस्कान होस्,
मनमा चाहना
आँखामा सदा विश्वाश होस्
स्वाभिमान गहना
सत्य बनोस आदर्श,
पुगोस मनकामना
जन्मदिनमा खुशी छावोस,
यही शुभकामना !!
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼