गीत
दुखि छु मा अन्तिम क्षण तिम्रो साथ हुन पाइन
मनको बह फुकाएर तिम्रो सामु रुन पाइन
नियतिको खेल यस्तै भोग्दै छु म सम्हालिदैँ
बिबसतामा बाँधिएर दुरदेशमा रुमलिदैँ
लुकी गयौ बादलमा शीतल दिने जून पाइन
मनको बह फुकाएर तिम्रो सामु रुन पाइन
ओत दिने ठुलो रुख अनायासै ढली गयो
अन्धकारले भरिएको औँसी जस्तो जीवन भयो
हजारौमा खोजे यहाँ तिम्रो जस्तो गुन पाइन
मनको बह फुकाएर तिम्रो सामु रुन पाइन
जन्मे पछि मर्ने पर्ने जीवनको रीत रैछ
कैले पनि नमेटिने अजम्बरी प्रीत रैछ
सन्चो पार्थे घायल मन बाँसुरीको धुन पाइन
मनको बह फुकाएर तिम्रो सामु रुन पाइन
*मेरो पूजनिय बाबामा समर्पित जो अब यस संसारमा हुनुहुन्न...
दुखि छु मा अन्तिम क्षण तिम्रो साथ हुन पाइन
मनको बह फुकाएर तिम्रो सामु रुन पाइन
नियतिको खेल यस्तै भोग्दै छु म सम्हालिदैँ
बिबसतामा बाँधिएर दुरदेशमा रुमलिदैँ
लुकी गयौ बादलमा शीतल दिने जून पाइन
मनको बह फुकाएर तिम्रो सामु रुन पाइन
ओत दिने ठुलो रुख अनायासै ढली गयो
अन्धकारले भरिएको औँसी जस्तो जीवन भयो
हजारौमा खोजे यहाँ तिम्रो जस्तो गुन पाइन
मनको बह फुकाएर तिम्रो सामु रुन पाइन
जन्मे पछि मर्ने पर्ने जीवनको रीत रैछ
कैले पनि नमेटिने अजम्बरी प्रीत रैछ
सन्चो पार्थे घायल मन बाँसुरीको धुन पाइन
मनको बह फुकाएर तिम्रो सामु रुन पाइन
*मेरो पूजनिय बाबामा समर्पित जो अब यस संसारमा हुनुहुन्न...
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼