मेरो बाबाको १३ औ पुन्यतिथिमा उहाँमा समर्पित भावनाहरू

गोधुली साँझमा सूर्यको पहेलो प्रकाशसँगै
जब तिम्रो आत्माले भौतिक शरीरलाई बिदा दियो
आमा कति कहालिएर बिक्षप्त बन्नु भयो
टेलिफोन मार्फत तिमी नहुनुको
आवाज जब गुन्जियो
तिमीले रोपेको
त्याग निष्ठाको चौपारी
गर्ल्याम्,गुलुम्म् ढल्यो ।
जिन्दगीको एउटा अभिन्न अङ छुटिए जस्तो
चुडिएँ जस्तो गहिरो दुखाइ अनुभवमा छटपटिएँ
मेरा भावहरु सुन्यमा हरायो
मेरा जीवनका शुरूवात नै अन्त्य हुनलागे झैँ भयो
आफू हुनुको औचित्य जोगाइ राख्न हम्मे हम्मे पर्यो
धेरै पल्ट सुन्यतामा हराएँ
आँखा बन्द गरे
आँफैभित्रको विश्वाश डग्मगायो
बिधिको बिधान वा नियतिको खेल
जन्मे पछि मर्नै पर्ने अकाट्य सत्य !
स्वीकार गर्न करै लाग्यो।
जब तिम्रा शरिर पिताम्बरमा लपेटिएर
तिम्रा मलामी देवघाट्को
नारायणी नदिको किनारमा लाग्दै थिए
तिमी चिर निद्रामा निदाएका थियौ
सांसारिक दु:ख,दर्द भोग,बिलासबाट टाढा
हाम्रो दुर्भाग्य बिपरित दिशामा
दु:ख,दर्द,पीडा,चिन्ता,अभावका हजारौ भीडहरु
हाम्रो जीवनमा उकाली लागेका छन्
दुरदेश,दूरद्वीप पुग्नुपर्ने बिबसता
रेगिस्थानको बगरमा ठिङ्ग उभिएको
रुख जस्तो एक्लिएर
समय दिएको राप र तापसंगै गलेर
तिम्रो बियोगमा झरेका आँसुले
तिम्रा यादहरु कहिल्यै मेटिने छैनन्
मनको क्यान्भासमा सजिएको छ
तिमीले सिकाएको
सप्रेम,सह-अस्तित्व र सहकार्यको
भावना संकलानार्थ चल्नेछ
तिमीले दिएको अशिम खुशीको पलहरू
स्मृतिमा बस्नेछन्।
झ्याउकिरिको किरकिर,चराको चिर्बिर
मुरलिको धुनमा तिम्रा सुमधुर स्वर खोज्नेछु
जूनको शीतलता,
घामको न्यानो स्पर्श तिम्रै ठान्नेछु।
आँधीहुरी छ्ल्न,भेलबढीसँग खेल्न
चुनौतीसँग लड्न्
तिमीले दिएको सहास बोक्नेछु
तिमीले खानेको बाटो फराकिलो बनाउदै
तिमीले दिएको फूलबारीको माली बनेर
दुबो जस्तै मौलाउँदै,गुलाब जस्तै चम्कदैँ
भिरमा सुनगाभा,हिलोमा कमल बन्दै
आत्मबोधको मनो-कृतिले
सबैको हृदयभूमिमा सुवास छर्नेछु।
तिम्रा अन्तिम बाणीहरुको सम्मान र कदर गर्दै
तिम्रो सपना,तिम्रै आँगनमा ढकमक्क फुलाउने छु
तिमीले क्षितिजपारीबाट हेरिरहनेछौ
तिमी जति टाढा भए पनि
तिम्रो आशिर्वाद म सँगै हुनेछ
मैले तिम्रै छ्हारीमा सियाँलिरहने प्रतिज्ञा गरेकी छु ।

गोधुली साँझमा सूर्यको पहेलो प्रकाशसँगै
जब तिम्रो आत्माले भौतिक शरीरलाई बिदा दियो
आमा कति कहालिएर बिक्षप्त बन्नु भयो
टेलिफोन मार्फत तिमी नहुनुको
आवाज जब गुन्जियो
तिमीले रोपेको
त्याग निष्ठाको चौपारी
गर्ल्याम्,गुलुम्म् ढल्यो ।
जिन्दगीको एउटा अभिन्न अङ छुटिए जस्तो
चुडिएँ जस्तो गहिरो दुखाइ अनुभवमा छटपटिएँ
मेरा भावहरु सुन्यमा हरायो
मेरा जीवनका शुरूवात नै अन्त्य हुनलागे झैँ भयो
आफू हुनुको औचित्य जोगाइ राख्न हम्मे हम्मे पर्यो
धेरै पल्ट सुन्यतामा हराएँ
आँखा बन्द गरे
आँफैभित्रको विश्वाश डग्मगायो
बिधिको बिधान वा नियतिको खेल
जन्मे पछि मर्नै पर्ने अकाट्य सत्य !
स्वीकार गर्न करै लाग्यो।
जब तिम्रा शरिर पिताम्बरमा लपेटिएर
तिम्रा मलामी देवघाट्को
नारायणी नदिको किनारमा लाग्दै थिए
तिमी चिर निद्रामा निदाएका थियौ
सांसारिक दु:ख,दर्द भोग,बिलासबाट टाढा
हाम्रो दुर्भाग्य बिपरित दिशामा
दु:ख,दर्द,पीडा,चिन्ता,अभावका हजारौ भीडहरु
हाम्रो जीवनमा उकाली लागेका छन्
दुरदेश,दूरद्वीप पुग्नुपर्ने बिबसता
रेगिस्थानको बगरमा ठिङ्ग उभिएको
रुख जस्तो एक्लिएर
समय दिएको राप र तापसंगै गलेर
तिम्रो बियोगमा झरेका आँसुले
तिम्रा यादहरु कहिल्यै मेटिने छैनन्
मनको क्यान्भासमा सजिएको छ
तिमीले सिकाएको
सप्रेम,सह-अस्तित्व र सहकार्यको
भावना संकलानार्थ चल्नेछ
तिमीले दिएको अशिम खुशीको पलहरू
स्मृतिमा बस्नेछन्।
झ्याउकिरिको किरकिर,चराको चिर्बिर
मुरलिको धुनमा तिम्रा सुमधुर स्वर खोज्नेछु
जूनको शीतलता,
घामको न्यानो स्पर्श तिम्रै ठान्नेछु।
आँधीहुरी छ्ल्न,भेलबढीसँग खेल्न
चुनौतीसँग लड्न्
तिमीले दिएको सहास बोक्नेछु
तिमीले खानेको बाटो फराकिलो बनाउदै
तिमीले दिएको फूलबारीको माली बनेर
दुबो जस्तै मौलाउँदै,गुलाब जस्तै चम्कदैँ
भिरमा सुनगाभा,हिलोमा कमल बन्दै
आत्मबोधको मनो-कृतिले
सबैको हृदयभूमिमा सुवास छर्नेछु।
तिम्रा अन्तिम बाणीहरुको सम्मान र कदर गर्दै
तिम्रो सपना,तिम्रै आँगनमा ढकमक्क फुलाउने छु
तिमीले क्षितिजपारीबाट हेरिरहनेछौ
तिमी जति टाढा भए पनि
तिम्रो आशिर्वाद म सँगै हुनेछ
मैले तिम्रै छ्हारीमा सियाँलिरहने प्रतिज्ञा गरेकी छु ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼