मुक्तकहरू
1.
तिमी आयौ जीवनमा सारा दु:ख भुलिदिए
हिलो माथि मुस्कुराउँदैँ कमल बनी फुलिदिए !
जून जस्तो शीतल तिमी फूल जस्तै कोमल-
डालीडाली पातपात रहर बोकी डुलिदिए !!
तिम्रै खुशी,मेरो आँशु मजा मानी पिउन सकूँ !
शीतल लाग्थ्यो छाँया तिम्रो राप बनी पोल्यो यैले -
शक्तिशाली रैछ धन पुर्याइदियो परदेश-
गाउँघर आफन्तको सम्झनाले सताउँछ ! !
सुनामी झै उर्ली आउँछ,सम्झनाका छालहरु
कता बिसाउ भारी अब दर्दभरि कहानीको !!
12.
घृणा अनि प्रतिसोधले अन्धकारमा डोर्याउछ
1.
तिमी आयौ जीवनमा सारा दु:ख भुलिदिए
हिलो माथि मुस्कुराउँदैँ कमल बनी फुलिदिए !
जून जस्तो शीतल तिमी फूल जस्तै कोमल-
डालीडाली पातपात रहर बोकी डुलिदिए !!
2.
माथि पुग्छन् मान्छेहरु आफ्नो सोच बदलेर
आफै कोर्छन् भाग्य रेखा बाधा अड्चन छिचोलेर !
सकारात्मक सोचलाइ जागृत गरौ हरपल -
इच्छाले नै पुर्याउँछ इच्छित बस्तु भए नेर !!
आफै कोर्छन् भाग्य रेखा बाधा अड्चन छिचोलेर !
सकारात्मक सोचलाइ जागृत गरौ हरपल -
इच्छाले नै पुर्याउँछ इच्छित बस्तु भए नेर !!
3.
चोटहरु संगालेर हाँसी हाँसी जिउन सकूँ तिम्रै खुशी,मेरो आँशु मजा मानी पिउन सकूँ !
शीतल लाग्थ्यो छाँया तिम्रो राप बनी पोल्यो यैले -
उकुस मुकुस भा'को मुटु धैर्यताले सिउन सकूँ !!
4.
आफ्नै पाखा पखेरीमा सुसेलिले बोलाउँछ
कोइलिको कुँहुँकुँहुँ मनैभरि गुन्जाउँछ !शक्तिशाली रैछ धन पुर्याइदियो परदेश-
गाउँघर आफन्तको सम्झनाले सताउँछ ! !
5.
अँन्जुलीमा थापी दिएँ जूनको किरणलाई
धर्ती आकाश साँची राखेँ हाम्रो मिलनलाई ।
नसा नसा बगिदिने खुन हौ झै लाग्छ तिमी-
मुल्यवान बनाई दियौ मेरो जीवनलाई ।।
धर्ती आकाश साँची राखेँ हाम्रो मिलनलाई ।
नसा नसा बगिदिने खुन हौ झै लाग्छ तिमी-
मुल्यवान बनाई दियौ मेरो जीवनलाई ।।
6.
लुकी लुकी गोकुलमा दही चोर्ने कृष्ण काले
दया माया करुणाले मन हर्ने कृष्ण काले !
मुरलीको धुनले नै प्रेमभाव जगाउने -
अन्याय र अत्याचारको अन्त्य गर्ने कृष्ण काले !!
दया माया करुणाले मन हर्ने कृष्ण काले !
मुरलीको धुनले नै प्रेमभाव जगाउने -
अन्याय र अत्याचारको अन्त्य गर्ने कृष्ण काले !!
7.
थोपा थोपा मिली बन्छ सागरको पानी
आफ्नो देश आँफै बनाउ आफ्नै कर्म ठानी !
सबै जुटौ,सबै उठौ समृद्धिको किरण छरौँ-
पर्खिदैछिन् नेपाल आमा आँखा तानी तानी !!
आफ्नो देश आँफै बनाउ आफ्नै कर्म ठानी !
सबै जुटौ,सबै उठौ समृद्धिको किरण छरौँ-
पर्खिदैछिन् नेपाल आमा आँखा तानी तानी !!
8.
हरमोडमा साथ दिने तिम्रो साथ प्यारो लाग्छ
लड्न खोज्दा समाउने हात प्यारो लाग्छ !
जून बनी झुल्किदिन्छौ अँध्यारोमा रूमलिँदा-
विश्वाश र एकाताको जात प्यारो लाग्छ !!
लड्न खोज्दा समाउने हात प्यारो लाग्छ !
जून बनी झुल्किदिन्छौ अँध्यारोमा रूमलिँदा-
विश्वाश र एकाताको जात प्यारो लाग्छ !!
9.
मान्छे हुँ म अरु कुनै जात छैन मेरो
कसैलाई भेदभाव गर्ने आँट छैन मेरो !
रातो,तातो रगत एकै अभिमान गर्नु किन-
एकता यो बिथोल्नेलाई साथ छैन मेरो !!
एकता यो बिथोल्नेलाई साथ छैन मेरो !!
10.
दु:खको सागर डुबुल्की मार्दै तरेर जानु छ
अदृष्य चोट र मनको घाऊ भरेर जानु छ !
झरी र बादल, हिउँद गर्मी सहेर सबै नै
बिघ्न र वाधा जति नै आओस् सरेर जानु छ !!
अदृष्य चोट र मनको घाऊ भरेर जानु छ !
झरी र बादल, हिउँद गर्मी सहेर सबै नै
बिघ्न र वाधा जति नै आओस् सरेर जानु छ !!
11.
के भर छ ? कर्कलाको पानी जस्तो जवानीको
अध्यारोमा रूमलिँदा आशा राखे बिहानीको !सुनामी झै उर्ली आउँछ,सम्झनाका छालहरु
कता बिसाउ भारी अब दर्दभरि कहानीको !!
12.
घृणा अनि प्रतिसोधले अन्धकारमा डोर्याउछ
शान्ति,सद्वाव,सहिष्णुताले सधैं माथि पुर्याउँछ !
अहिंसा र सद्वावलाई अमूल्य धन बनाएर-
सकारात्मक सोचले नै जीवन फुल्छ फुलाउँछ !!
अहिंसा र सद्वावलाई अमूल्य धन बनाएर-
सकारात्मक सोचले नै जीवन फुल्छ फुलाउँछ !!
थोपा थोपा पानीबाट नदी बन्छ शान्त सुन्दर
सबै मिली मातृभूमीमा ल्याउनेछौँ नयाँ लहर।
डाँफे, मुनाल, मयुर अनि कोइलिको धुन सुन्दै
ज्ञान,सीप ,चेतनाले आउनेछ बसन्त बहार ।।
सबै मिली मातृभूमीमा ल्याउनेछौँ नयाँ लहर।
डाँफे, मुनाल, मयुर अनि कोइलिको धुन सुन्दै
ज्ञान,सीप ,चेतनाले आउनेछ बसन्त बहार ।।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼