२०६९ बिजयदशमीको शुभकामना !!
आज घटस्थापना जमरा राख्न बालुवा लिन खोलाको बगर जादा त्यहाँ भेट भएका साथीहरुसँग पिंङ्गमा झिम्मिनुको रमाइलो, जमरा राख्न पूजा कोठा सफा पार्दै दशैको रमझम् सबै यता उता भुल्ने, काम नसघाउने भनेर आमा एक्लै भुत्भुताउदै गरेका ती कर्णप्रीय ध्वनीहरु आजको दिनमा झल्झली सम्झेको छु !
छोरी हुँदा होस् या बुहारी हुँदा यो जमरा राख्न मैले नै सघाउनु पर्थ्यो आज मलाई सम्झेर दुवै आमा कति नरमाइलो मान्नु भयो होला ! मैले नि धेरै सम्झेको छु यो दिन यो पल !सानो बेलाको त्यो रोटे पिंङ्ग लिंगे पिंङ्गत्यो नयाँ लुगा लगाउन पाउँदाको खुशी ,साथीभाइसँगको रमाइलो ,एक अर्काको सद्भाव, माया आधुनिकता संगै बदलिएको छ ।मान्छे मेशिन बनेको छ सानो सानो खुशीको लागि धेरै मेहनत गर्नु परेको छ तर पनि दशैँ मनाउने तरीका समय र परिस्थिति अनुसार फरक भए नि दशैँमा सबैको मनमा रौनकता छाएकै हुन्छ ! परदेशमा गएका परदेशीहरु पनि सके सम्म र बिदा मिले सम्म दशैँ पारेर नै घर फर्किन्छन !! शहरमा बस्नेहरु गाउँघरको स्वच्छ वातावरणमा नै दशैँ मनाउन् फर्कन्छन ! दशैँ हाम्रो भातृत्वको चाड, मेलमिलाप पारिवारिक जमघटको चाड, हाम्रो मौलिक चाड हो ! यसलाई परिस्कृत र परिमार्जन गर्दै अगाडि बढ्नु पर्छ ! यस शुभ घडीमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई दिदीबहिनीहरुमा यस ब्लगमा भिजिट गर्नु हुने सम्पूर्णमा विजयादशमी २०६९सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼