Friday, November 16, 2012

भावना


चाडवाडको सम्झना 

मनका भावहरु ! समय अविरल बगिरहन्छ ! कतै वर्षातको बेमौसमको बर्षाको भेलमा मिसिएर,कतै खहरे झैँ उर्लिएर कतै झरनाका कन्चन पानी मिसिएर कहिले आधी तुफान भएर कहिले शान्त शितल भएर ! सायद हाम्रो जिन्दगी नि यस्तै छ ! कहिल्यै रोकिदैन अनेकौ अप्ठ्यारासँग पौठेजोरी खेल्दै, निडर निराशा बोकेर पनि मनको खोपीमा जुनकिरीको झैँ धिपधिपे प्रकाशमा आशाका किरण बोकेर भएर अनगिन्ति दुख बेदना लुकाएर पनि अविच्छिन्न बगिरहन्छ ! दशैँ आयो गयो ! तिहार आएर जादै छ ! जिन्दगीमा आएका सुख र दुख जस्तै ! मान्छेको जिन्दगीमा कुनै पनि कुरा स्थाई भएर नरहने रहेछ !कतै असिम माया प्रेममा बाधिएर आफूलाई भन्दा धेरै माया गर्ने, एक जुनी होइन सात जुनै सँगै बिताउने भनेका मान्छेको साथ छुटेको देख्छु ! मुटुका टुक्रा आफ्ना छोरा छोरी जसको लागि आफ्नो जीवन बलिदान दिएका हुन्छन !



उनीहरुको सुखको लागि आफ्नो रहर चाहनालाई बन्दगी राखेर मरुभूमिमा अहो रात खट्नेका छोरा छोरी त्यही बाबु आमाको पसिनाको कमाइको दुरुपयोग गरेर कुलतमा फस्दै आफ्ना आमा बाबालाई नटेरेको देख्छु ! यो बिचित्रको संसार बुझेर बुझी नसक्नु छ !त्यसैले हामीले सधैँ अरुको लागि बाच्ने प्रण गर्ने होइन आफ्नो लागि पनि बाच्नु पर्यो भन्ने सोच्यो ! एकबारको जिन्दगी खुलेर हास्नु पर्यो !तर कसरी प्रवाशको बसाई फेरि युद्द भूमि इजरायलमा यहुदीहरुलाई कहिले कता कहिले कताको रकेट बम लगातार प्रयोग गरिरहन्छन बाचेर घर फर्कने हो कि होइन भन्ने चिन्ताले बारम्बार सताईरहेको छ !भौतिक युद्धले कहिले पनि जीवन-जगतकोलागि फाइदा गर्दैन,यसले जहिले पनि विनाश मात्र गर्छ भन्ने कुरा युद्द गर्नेको मनमा नपरे पछि के गर्न सकिने रैछ र। तर पनि यो इजरायली हरुको हिम्मत र आटलाई मान्ने पर्छ उनीहरुको लडाकुपन आफ्नो देशप्रतिको माया देख्दा जस्तो सुकै समयमा पनि सामना गर्न सक्छन !समस्या बाध्यता बिवशता आउछ जान्छ यहि नै ता जिन्दगी ! नेपाल जना नपाए पनि उनीहरुले मनाएको तिहारको फोटो हेर्दा मन प्रफुल्ल भयो !
जिन्दगीमा अनगिन्ति मोडहरु कति नया साथी भेटिन्छन कति आफ्ना मान्छे छुटिन्छन् भेटिनु र छुटिनु नै ता जीवनको रीत हो !यस धर्तिमा ताते ताते गरेर हिड्न सिकाउने हरेक आवश्यकताको परिपूर्ति गर्ने मेरो आदरणीय बाबा यो धर्तिमा  नरहनु भएको पनि चार महिना भयो उहाको बिछोडले पनि यस बर्षको चाड पर्वको कुनै उमंग कुनै रौनकता छाएन !तर अघिल्लो सालहरुको को सम्झना भने निरन्तर आइरह्यो !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼