गीत
आकाशको जून तिमी सक्दिन म छुन
अर्कों जन्म पाएँ भने मन छ तिम्रै हुन
क्षितिजसरि टाढा भयो तिम्रो मेरो दुरी
समयले बर्साईदियो विवशताको हुरी
आँखाहरू रसाउँछन् थाल्छु एक्लै रुन
अर्कों जन्म पाएँ भने मन छ तिम्रो हुन
नदी भई बग्छु सधैँ सागर छुने आश
चखेवाझैँ तड्पिदैछु अधरमा प्यास
मधुर ती बोली सुन्छु बाँसुरीको धुन
अर्कों जन्म पाएँ भने मन छ तिम्रो हुन
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼