Saturday, December 1, 2012

भावना

फूल र मान्छे 


जब मानिसमा एक पछिको अर्को समस्याले जेलिएर मर्माहित बन्छ अनि उसलाई लाग्छ यो जिन्दगीमा के काम मलाई यो जीन्दगीबाट चाडै बिदा देउ भगवान भन्न थाल्छ तर कतिले यिन दुखले मलाई संघर्ष गर्न सिकाएको छ ! जीवका उकाली र ओरालीमा आएका उतार चढावले नै मलाई जीवन र जगत धेरै कुरासँग परिचित गराएको छ भन्ने ठान्छ ! जसरी मान्छे सुख दु:खमा नै खुल्छ मौलाउँछ दु:ख लुकाएर हाँस्ने प्रयास गर्छ । सुखको खोजिमा भौतारिन्छ ।त्यस्तै फूलमा नि काँडा नहुँदो हो त सुन्दर हुने थिएन
होला शायद फूल जस्तोसुकै अप्ठ्यारो ठाउँमा समयमा पनि फुलिरहेकै हुन्छन । मानिसको निराशामा निस्सारतामा जब फक्रिएका फूलहरु देख्छ । साँच्चै रमाउँछ झुम्छ,मान्छेको सहाराले ऊ यस संसारमा आएको भए पनि मान्छेमा जस्तो स्वार्थीपन उस्मा हुँदैन ! मान्छे आफैले उसलाई आफ्नो बागभरि रोप्छ ! स्याहार सुसार गर्छ ! जब फूल फुलेर सुवास छर्न थाल्छ !.भमरा,मौरी,मान्छेहरुले उसका अङअङ चुसेर,चुमेर उनीहरुको कोमल तनवदनलाई स्पर्श गरेर उस्को जवानी लुट्न् खोज्छन ! तर तिनीहरुको लाख कोशिशको वाबजुध पनि जति संघर्ष गरेर भए पनि जति चुसे पनि जति लुछन खोजेपनि तिनीहरुको प्रतिरोध गर्दै फुलेरै छोड्छन् । हो त्यस्तै मान्छेले पनि यस्तै संकल्प लिन सके जूनसुकै परिवेश र परिस्थितिमा निराश हुनु पर्दैन ! फूलको कर्म फुल्नु, सौन्दर्यता बढाउनु, सुवास छर्नु, सुगन्ध फैलाउनु हो भने अरुलाई आनन्दित आकर्षित तुल्याउनु उस्को गुण हो। यी सबैलाइ आफ्नो कर्तब्य सम्झेर पहरामा सुनगाभा बनेर,पहाडमा गुराँस अनि बुकी बनेर,तराइमा बेली, चम्पा, चमेली, बनेर, हिलोमा कमल बनेर ढकमक्क फुलेर आफ्नो धर्म निभाइरहेको हुन्छ । त्यस्तै मानव धनी होस् वा गरिव सुखी होस् वा दुखी जस्तोसुकै परिवेशलाई सहजै स्वीकार गर्न सक्ने त्यो वातावरणमा घुलमिल हुन सक्ने समार्थ्य बोक्न सक्नु पर्छ ।

जसरी फूलले प्रत्येकको चाहनारुप कसैको शिरमा सजिएर,कसैको गमलमा सजिएर, कसैको फूलबारिमा फुलेर, उनीहरुको चाहना पूरा गर्दै कतै प्रेम प्रतिक गुलाव बनेर ,कतै कसैको गलामा स्वागतको लागि सजिएर, कतै माल्यार्पणको लागि कतै भगवानको पाउमा,कतै थिचिएर, कतै च्यातिएर,कतै कुल्चिएर कतै चिमोटिएर एकदिन चुटिनु छ,ओईलिनु छ झर्नु छ् कुल्चिनु छ तर उस्मा कति पनि डर,त्रास छैन। एक दिन आफूलाई समाप्त पार्नु छ उस्लाई थाहा छ । मानिसमा जस्तो कुनै दु:ख दर्द चोट पटक संघर्स बिनाको जीवन फूलले कल्पना गरेको हुँदैन ऊ त आफ्नो जीवन बलिदान गर्न तत्पर हुन्छ । कुनै डर त्रास नमानी निर्धक्क स्वतन्त्र भएर उनीहरु आफ्ना लागि मात्र होइन अरुलाई खुशी दिन अरुलाई माया दर्शाउन गुलाव बनिदिन्छन, स्वागतमा पुष्पबृक्ष बर्षाउन तल्ल्लिन देखिन्छ । फूलहरुलाई देख्दा लाग्छ उनीहरुमा दृढ संकल्प छ, अशिम प्यार छ। यसैले त अनगिन्ती रहर बोकेर फुल्ने गर्छन्। समयनुसार ऋतुहरु परिवर्तन सँगसँगै फुलिरहन्छन मौसम मौसममा। उसलाई थाहा छ सुन्दर हुनु,कोमल हुनु अभिसाप हो तर पनि सुन्दर कोमल भएर डाली डालिमा, आली आलिमा,गल्ली गल्लिमा,हिलोमा भीर,पहरामा,पहाड,तराइ सबै ठाँउमा निर्धक्क फुलेरै सुगन्ध छाड्छन्। सौन्दर्य बाँड्छन ।फूलहरु फुल्नु र झर्नु स्वाभाबिक प्रकृया ठान्छन्। यो प्रकृया फूलले कहिल्यै बिर्सेंको हुँदैन तर मान्छेहरूले जीवन र मृत्‍यु अनिवार्य हुन भन्ने कुरा बिर्सेंका हुन्छन । सानो सानो कुरामा तछाड मछाड गरिरहेका हुन्छन ! कोही आगाडि बढेको देख्न सक्दैन ! कुनै दुख पीडा सहन सक्दैन ! सरल र सुखी जीन्दगी त सबैले बाँच्छन् !तिरस्कार घृणा र जलनको दुखभित्र पनि सुख खोज्दै रमाएर एक पल्टको जिन्दगीमा बेसुमार रमाउदै आफू हाँस्दै अर्कालाई पनि हसाउँन सक्नु नै त सफल जीवन हो !!

1 comment:

  1. फूल र मान्छेको जीवनलाई सादृश्य गर्नु भएको यस लेखले मन छुयो,

    ReplyDelete

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼