Thursday, December 6, 2012
कविता
"उज्यालोमा लम्किएका पदचापहरु"
(कविता )
मनको खोपिमा
जूनकिरी झै प्रकाश बोकी
अज्ञानताको अन्धकार हटाएर
समयको माग अनुसार
घामको तापले उचालिएर
आकाशको निलो ढक्कीमा खुल्दै
बादल बनेर बर्षिदै
अनकन्टार पहरा कन्दराहरूमा
भरिभराउ पार्ने दृढता बोकी
प्रतिध्वनित गर्ने सन्कल्प गरिदै छ
अन्धबिश्वास कुसंस्कारले पोतिएको
वस्तीहरुमा पिल्सिएका अबोध निर्दोषका
सुक्ष्म अंकाक्षाहरुमा
निरासाको कालो बादल हटाएर
आशाको पंख लहराउने
अभिष्ट बोकी
खहरेझैँ उर्लिएर
नदीझैँ अविरल बग्दै
अध्यारोमा जुनकिरीझैँ उज्यालो छरेर
अन्यायका थुम्काहारुसँगको युद्द जारी छ
मानवीय मूल्य र मान्यता जोगाउन
ढाकरभरि चेतनाको बीज बोकी
रूढिवादी परम्परा कुंसस्कारको
घुम्टो उघार्दै चेतनाको आकाश ओडेर
जूनको शीतलतासँग मुस्कुराउदै
आगोको लप्कामा
पैठेजोरी खेल्ने सहासी
पाइलाहरुको पदचाप
अबिछिन्न,अनवरत रुपमा
घनघस्याको उकालो चढदै छन
अनेकौ विशमताकोअक्करे-भीरमा फुलेर
पहाडको उचाइमा गुराश मुस्कुराएझैँ
खिया लागेका पुराना मान्यतालाई
अग्रखले घोटि घोटी टल्काउदै
विद्रोहका राँकाहरु सल्काउदै
चेतनाको आकाशमा स्वच्छन्द विचरण गर्दै
नयाँयुग जन्माउने लहड
हृदयको लोहकिलमा बोकी
स्वकीयता, स्वज्ञान र समदर्शिताले
निर्धक्क चल्ने पाइलाका पदचाप छन्छ्नाइरहेछन !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼