Wednesday, December 26, 2012

गीत


गीत

परेली यी रुझिरहेँ दोबाटोमा छोडी गयौ 
सँगै हिंड्ने बाचा-कसम बीचमा नै तोडी गयौ

एउटै बाटो हिडौ भने ओत दिए आफू रुझी
 पराइ भयौ एकैपलमा आफ्नो मात्र स्वार्थ बुझी
 परदेशमा एक्लै पारी मुटु मेरो फोडी गयौ
 सँगै हिंड्ने बाचा-कसम बिचमा नै तोडी गयौ


आफ्नै ठानी बैगुनीलाई दिए सबै भएजति
 रित्तै भाछु एक्लै आफू बेहोर्दैछु ठूलो क्षति
 लत्याएर मेरो माया अन्तै मुटु जोडी गयौ 
सँगै हिंड्ने बाचा-कसम बीचमा नै तोडी गयौ

किनारालाई  छोडी जाने नदीलाई सम्झिरहेँ
 बगरको ढुंगा बनी बिरहमा जलिरहेँ 
अलपत्र पार्यौ मलाई यात्रा अन्तै मोडी गयौ
 सँगै हिंड्ने बाचा-कसम बीचमा नै तोडी गयौ

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼