Monday, December 3, 2012

गीत

सीएनएन हिरो २०१२ को उपाधि नेपाली चेली पुष्पा वस्नेतले पाएकी छन् । २ डिसेम्बरको राति घोषणा भएको सीएनएन हिरोको नतिजामा पुष्पाले आफ्ना ९ प्रस्पिर्धीलाई उछिन्न सफल भएकी हुन । उपाधि पाएपछि छोटो मन्तव्य व्यक्त गर्ने क्रममा भावुक हुँदै हर्ष आशु बर्षउदै ष्पाले भनिन्,'यो मेरा बच्चाहरुका लागि र यो मेरो देश नेपालको लागि', 'मेरो लागि भोट गर्ने र मेरो सपनामा विश्वास गर्ने सबैलाई धन्यवाद।" 'मेरो लागि यसले धेरै अर्थ राख्छ, अझै पनि धेरै बालबालिकाहरु जेलभित्र छन्, निश्चय पनि पुष्पा मामुले तिमीहरु सबैलाई बाहिर निकाल्नेछ' उनले भनिन्। घोषणा संगै उनले २ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाएकी छन् । अमेरिकाको लसएनजल्सबाट पुरस्कारको प्रस्तक्ष प्रसारण सीएननले गरेको थियो ।आजको दिन हामी सम्पूर्ण नेपालीहरुको लागि अत्यन्तै गौरवको दिन हो ! खुसीको दिन हो !आफ्नो समय खर्चिएर पुष्पा बस्नेतको लागि दिनरात नभनी खट्नु हुने सम्पूर्णलाई धन्यवाद अनि बधाई ! आगामी दिनहरुमा पनि यस्तै हाम्रो सहयोग निरन्तर जारी राख्न सबैमा जागरण र प्रेरणा मिलोस् ! यही अवसरमा एउटा गीत !

गीत











नेपाली चेली उच्च छ बोली गरेर देखायौ
अठोट गरी सिएनएन हिरो बनेर देखायौ

अबोध ती बालकको हाँसो ल्याउन ओठमा 
मलम लायौ भोका र नाङ्गा दुखेको चोटमा 
त्याग र निष्ठा समाजसेवी भावना देखायौ
 मरेर जाने चोला यो हाम्रो पुन्य काम भेटायौ

 प्रेरणा बनोस् दुनियाँलाई नेपाली एकता
 अपार हुन्छ, विशाल हुन्छ नारीको ममता
 नेपालको शान नेपाली मान विश्वमा चिनायौ 
गौरव गर्ने सिएनएन हिरो पुष्पा नाम लेखायौ !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼