Wednesday, December 26, 2012

मुक्तकहरु


मुक्तकहरु 

१.मग्मगाउने फूलहरु जग्मगाउने जून
पहेँलो ती हरेक बस्तु हुदैन है सुन।
परेलीले बोल्न खोज्छ पिरतीको भाका-
बिर्सू भन्छु नबिर्सिने अजम्बरी गुन ।।

२.धेरै दिनको झरी पछि आकाश खुलेको छ 
बिहानको लालीसँगै यो मन भुलेको छ !
पिरतीको बागभरी चाहनाक मौरीहरू- 
फूल फूल पात पात हाँस्दै डुलेको छ !

३.चन्चल र चुलबुले चंगा जस्तै बालापन
झरनाको पानी जस्तै स्वच्छ कन्चन मन !
नदी जस्तै बग्नु पर्ने आगों जस्तै जल्नु पर्ने-
जति बुझ्यो उति जटिल रहस्यमय झन !!

४.तिम्रो यादले झरिरैछु अधेरीको शीत बनी
हृदयमा बसेकोछौ अजम्बरी प्रीत बनी ।
मन हर्ने मुस्कान तिम्रो कोईलीझैं बोली-
गुन्जिरहन्छ एकैनाशले सुमधुर गीत बनी ।।


५. १२ बार्ह र १२ मा शुभकार्य गरौ 
एकअर्कामा सद्भाव र प्रेमभाव छरौ !
रिस राग अतीतका बिर्सिएर सबै -
अध्यारो जीवनलाई उज्यालोले भरौ !!

६.आकाशमा जोडले गडगडाई रहेको छ
उकुसमुस बादल चटपटाई रहेको छ !
सुनसान बस्ती र बदलिएको मौसमले-
अन्तर मनको तहतह रूझाई रहेको छ !!

७.पुरानो कहानी अझ बल्झिदैछ
 रोकिन्न परेली अझ छल्किदैछ
भुलेका अतीत त्यो मिठो संझना 
निभेको आगों पुनः सल्किदैछ

८.
जति रोऊ कराऊ तिमी दु:ख कैले सकिदैन
साहस आफै नगरेमा गन्तब्य नि भेटिदैन !
नदी आफैँ बग्दै बग्दै भेट्न खोज्छ तिमीलाई- 
पाइला बढाउ किनारैमा बसे प्यास मेटिदैन 

९.
सुनाउनु सधैँ कति दुखियाका कथाहरु
खाटा बस्दै बल्झिएर दुखिरने ब्यथाहरु
सपनाका त धोका नै हो  बिपनानै यथार्थ हो 
पढेर त कहाँ सक्नु  जीवनका गाथाहरु 

१०.समयले दियो ठक्कर मोडमोडमा गनी गनी 
सम्हालेछु सबै पीडा मेरै भागको अंश ठानी !
फूल भने सम्हालेथे बिझाउने काडा रैछ -
बुझेर नि नबुझिने हाम्रो जिन्दगानी !!
११.


    1. पलपल चल्छ श्वाश मेरो न्यानो तिम्रै आभासले 
      अतीतका मिठा याद बोकी ल्याउँछ बतासले !
      सपनाका खातै खात कल्पनाका बातहरु-
      अझ कति रुवाउँछ निस्ठुरी यो प्रवाशले !
      १२.

      जीवन कठिन छ अँध्यारो रातमा
      देख्दैछु फूलमा कतै छ पातमा !
      सिरसिर पवनले सुसेल्दै बोलाउदा-
      मनमौजी रम्छु म रूमानी यादमा !
      १३.

      जमाना यो बदलिन्छ मान्छे बाँच्छ आफ्नो सोचमा 
      अविरल बग्छ जीवन चल्छ नयाँ नौलो खोजमा !
      आफै राम्रों आफै ज्ञानी अरु सबै मुर्ख ठान्छ- 
      मरे मरुन सबै अरु तर आफू बाँचौ मोजमा !!

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼