गीत
अँध्यारोमा चम्किरहने पूर्णिमाको जून थियौ
शुन्यतामा एकान्तमा मुरलीको धुन थियौ
मुटुभित्र राखु भन्थे अन्त कतै सर्र्यौ तिमी
किनारमा मलाई छोडी आफू एक्लै तर्यौ तिमी
जति बिर्सुँ भने पनि नबिर्सिने गुन थियौ
शुन्यतामा एकान्तमा मुरलीको धुन थियौ
झुल्किएर डुबी जाने घाम जस्तो जिन्दगानी
ऋतुसरी बदलियौ एकै पलमा पराइ ठानी
कसरी म खोट लगाउँ एक नम्बरी सुन थियौ
शुन्यतामा एकान्तमा मुरलीको धुन थियौ
किनारमा मलाई छोडी आफू एक्लै तर्यौ तिमी
जति बिर्सुँ भने पनि नबिर्सिने गुन थियौ
शुन्यतामा एकान्तमा मुरलीको धुन थियौ
झुल्किएर डुबी जाने घाम जस्तो जिन्दगानी
ऋतुसरी बदलियौ एकै पलमा पराइ ठानी
कसरी म खोट लगाउँ एक नम्बरी सुन थियौ
शुन्यतामा एकान्तमा मुरलीको धुन थियौ
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼