जिन्दगी एक भोगाई "
हिजो सम्मको बाझो पत्झड जंगल
आज, हेर त ढकमक्क फुलेका आरुहरु
निला हरिया झपक्कै फूलहरु
जिन्दगी न हो,
कहिले जाडोले कठ्याग्रिएर
कहिले घामले रापिएर
घृणा, तिरस्कार
निष्ठुरता,बर्बरता
यी सबै सहेर पनि त जीवन फुलाउन पर्छ
एक चोटी पाएको जिन्दगी
कतै जाडो जाडो कतै घाम घाम
बोधरु , बस बोधहरु !
हिम्मती पाखुराहरुलाई
हिम्मती र सहासी मनहरुलाई
कहाँ कसले छेक्न सक्छन् खहरेहरुले
म त भन्छु हरेक बिहानी एउटा जिन्दगी हो
हरेक साँझ एउटा मृत्यु
जिन्दगी, एक भोगाइ मात्र !!
हिजो सम्मको बाझो पत्झड जंगल
आज, हेर त ढकमक्क फुलेका आरुहरु
निला हरिया झपक्कै फूलहरु
जिन्दगी न हो,
कहिले जाडोले कठ्याग्रिएर
कहिले घामले रापिएर
घृणा, तिरस्कार
निष्ठुरता,बर्बरता
यी सबै सहेर पनि त जीवन फुलाउन पर्छ
एक चोटी पाएको जिन्दगी
कतै जाडो जाडो कतै घाम घाम
बोधरु , बस बोधहरु !
हिम्मती पाखुराहरुलाई
हिम्मती र सहासी मनहरुलाई
कहाँ कसले छेक्न सक्छन् खहरेहरुले
म त भन्छु हरेक बिहानी एउटा जिन्दगी हो
हरेक साँझ एउटा मृत्यु
जिन्दगी, एक भोगाइ मात्र !!
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼